• २०८१ बैशाख ७ शुक्रबार

वर्ल्डलिंकको इन्टरनेट सेवा संख्या ५ लाख घरधुरीसम्म, डायलअपदेखि एफटिटिएचसम्मको यात्रा

kharibot

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सका सेवा ५ लाख घरधुरीमा पुगेका छन् ।

तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । 

यसै बिचमा वल्र्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आव २०७६-०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वर्ल्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको हो । दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।

वल्र्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ । 

वर्ल्डलिंकको सुरुआत संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गरेका थिए  । त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको सुरुआत भएको थियो । संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको माध्यमबाट धेरै कठिन मार्गहरू पार गर्यो । कम्पनीको संचालकहरु दिलीप अग्रवाल, मनोज अग्रवाल, स्वर्गीय विजय जालानको वर्ल्डलिंक विस्तारमा महत्वपूर्ण योगदान रह्यो । 

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए । आजको दिन वल्र्डलिंकका लागि गर्वको क्षण हो, उनले भने, हाम्रो परिवार ५ लाखको ठूलो परिवार बनेको छ । यो विशाल आधार हाम्रा ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको हो । उनले ग्राहकहरूको सेवा गर्न समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् ।

अग्रवालले कम्पनीको सेवामा संतुष्ट बनाउन आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको पनि स्मरण गराएका छन् । 'हामी सबैले कडा परिश्रम गर्नुपर्दछ । ग्राहक सेवा र त्यसको गुणस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ', उनले  भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै