काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई हुदै छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कन्चनकृष्ण न्यौपाने र विरेन्द्र प्रसाद शाहले मन्त्रिपरिषद पुनर्गठनको विरुद्ध सर्वोच्चमा दायर गरेको रिटको आज पेशी तोकिएको हो ।
आजको पेशी न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २० गते शुक्रबार जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सहभागी गराउदै मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।
रिटमा संविधानको धारा ७६(३) अन्तर्गतको वर्तमान सरकार कामचलाउ भइसके भन्दै मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने दाबि गरिएको छ ।