• २०८१ बैशाख ७ शुक्रबार

बलात्कारको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

kharibot

प्रतिनिधी तस्वीर

स्याङ्जा । बलात्कार गरेको आरोपमा प्रहरीले आज बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ । 

एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै