• २०८१ बैशाख १३ बिहीबार

भारतको कर्नाटकमा अक्सिजनको अभावमा १२ विरामीको मृत्यु

kharibot

काठमाडौँ । भारतको कर्नाटक राज्यको चामराजानगर जिल्लास्थित एक अस्पतालमा अक्सिजनको अभावमा १२ विरामीको मृत्यु भएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्समा राति १२ बजेदेखि २ बजेसम्म अक्सिजन अभाव हुदा १२ विरामीको मृत्यु भएको हो ।

अस्पतालमा रहेका १२२ विरामीलाई अक्सिजन अभाव भएको थियो । मृत्यु भएका सबै विरामी भेन्टिलेटरमा भएको अस्पतालका डीन जीएम संजीवले जानकारी दिएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

अस्पतालमा यसका अवला थप ११ विरामीको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । म्र्तियु भएका ११ जना भने अक्सिजन सपोर्टमा नरहेको र अन्य कारणले मृत्यु भएको बताइएको छ ।

भारतमा कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएपछि अक्सिजनको अभाव देशभर भएको छ । यसअघि दिल्लीमा अक्सिजन अभावमा करिब ६० जनाको मृत्यु भइसकेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै