कमजोर हुँदै गएको इम्युन सिस्टमलाई कसरी बचाउने ?

खरीबोट

प्रतिनिधि तस्वीर

काठमाडौँ । मानिसको शरीरको रोग प्रतिरोधक क्षमताले रोग तथा कुनै बिमारीदेखि सुरक्षित राख्दछ । कोरोना महामारीले मानिसलाई आफ्नो स्वास्थ्यको विषयमा जागरुक बनाउने काम गरेको छ ।

मानिसहरुलाई यसको राम्रो अनुभव पनि भएको छ कि स्वास्थ्य जीवनको लागि रोग-प्रतिरोधक क्षमता राम्रो अवस्थामा हुनु कति महत्वपूर्ण छ ।

यो जटिल नेटवर्क नै शरीरलाई रोग र संक्रमणबात सुरखित राख्ने हतियार हो । शरीरको कुनैपनि अन्य भाग जस्तै प्रतिरक्षा प्रणाली पनि उमेर संगै कमजोर हुँदै जान्छ । जसको सिधा मतलब मानिस बिरामी हुने आशंकापनि बढ्दै जान्छ ।

कोरोना संक्रमणले विश्व नै प्रभावित हुनुको कारण पनि यहि हो, किनभने अधिक उमेर समूहका मानिस बढी कोरोनाको चपेटामा आउने गरेका छन् । अहिले वृद्द अवस्था वा धेरै उमेर भएका मानिसले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

विशेषज्ञले स्पष्टरुपमा भनेका छन् कि ६५ वर्षको उमेर पार गरिसकेका मानिस संक्रमित हुने सम्भावना धेरै छ । उनीहरुको लागि जोखिम तुलनात्मक रुपमा धेरै छ ।

मानिसको रोग प्रतिरोधक प्रणाली (इम्युन सिस्टम) बढ्दो उमेरको तुलनामा कम्जोर हुन्छ ।

रोग प्रतिरोधक क्षमता (इम्यून सिस्टम)

इजरायलका टेक्नियोन इंस्टीट्यूट अफ टेक्नोलोजीमा इम्यूनोलोजिस्ट शाई शेन-आर भन्छन्, “हामीले यस्तो थुप्रै मानिस भेटेका छौं जसको उमेर ८० वर्षको छ तर रोग प्रतिरोधक प्रणाली भने ६२ वर्षको छ र कतिपय मामिला यसको पुरै उल्टो पनि छ ।”

मानिसले चाहे आफ्नो शरीरको इम्युन सिस्टम कमजोर हुने प्रक्रिया कम गर्न सक्छन् र त्यसको लागि केवल केहि उपाय अपनाउनुपर्ने छ ।

हाम्रो इम्युनसिस्टम कसरी काम गर्छ ? 'टी' कोशिका र 'बी' कोशिका के हो ?

इम्युन सिस्टमको दुई शाखा हुन्छ । प्रत्येक शाखा अलग प्रकारको सेतो रगत कोशिका (डब्ल्यूबीसी-ह्वाइट ब्लड सेल्स) बाट बनेको हुन्छ ।

यी कोशिका विशेषरुपमा हाम्रो शरीरको सुरक्षाको लागि काम गर्दछ । जन्मजात रोग-प्रतिरोधक प्रतिक्रिया हाम्रो शरीरको सुरक्षाको लागि प्राथमिकरुपमा उत्तरदायी हुन्छ । जस्तो जब हाम्रो शरीरमा कुनै बाहिरी चिज वा किटाणु प्रवेश गर्छ, हाम्रो इम्युन सिस्टम एक्टिभ हुन्छ ।

बेलायतस्थित बर्मिंघम यूनिभर्सिटीका इंस्टीट्यूट अफ इंफ्लेमेशन एण्ड एजिंगमा डायरेक्टर जेनेट लर्ड भन्छिन्, “यस प्रतिक्रियामा न्यूट्रोफिल्स हुन्छ जुन मुख्यरुपमा ब्याक्टेरियालाई आक्रमण गर्दछ ।

मोनोसाट्स इम्युन सिस्टमलाई व्यवस्थित गर्नको लागि सहयोग गर्दछ र साथै अन्य प्रतिरक्षा कोशिकालाई संक्रमणको विरुद्दमा अलर्ट गर्ने काम गर्छ ।

यस बाहेक एनके मतलब किलर सेल्स पनि हुन्छ जसले भाइरस र क्यान्सरसंग लड्ने काम गर्छ । जब मानिसको शरीर बुढो हुँदै जान्छ तब यी तीन कोशिकाहरु तुलनात्मक रुपमा ठिक तरिकाले काम गर्दैन ।

सार्स-कोभिड–भाइरस-२ 

एक अनुकूलन प्रतिक्रिया पनि हुन्छ जसले टी र बी लिम्फोसाइट्सबटा बनेको हुन्छ ।

यो एक विशेष प्रकारको रोगका रोगजनक (प्याथोजेनिक) संग लड्छन् । यस प्रतिक्रियाको असर देख्नको लागि केहि दिनको समय लाग्छ तर एक पटक भएपछि यसले रोगजनकको बारेमा जानकारी स्मरण गर्दछ । यदि त्यस रोगजनक पुन शरीरमा आक्रमण गर्दछ भने यसले याद राख्छ र त्यससँग लड्छ ।

उनी भन्छिन्, “ जब मानिस वृद्द हुन् थाल्छन् तब शारिरमा नयाँ लिम्फोसाइट्स कम बन्न थाल्छ तर सार्स-कोभिड-भाइरस-२ जस्तो नयाँ संक्रमणसंग लड्नको लागि त्यसको आवस्यकता हुन्छ र यहाँ सम्म कि यदि शरीरले पहिला पनि कुनै रोगजनकसंग लड्नको लागो  लिम्फोसाइट्स बनाएको छ । उमेर बढ्दै गएको छ भने सोहि जीवाणुले पुन आक्रमण गरे लोम्फोसाइट्स त्यती प्रभावकारी हुँदैन ।”

उमेर बढ्ने क्रममा शरीर कम्जोर हुनेछ र यसको प्रभाव इम्युन सिस्टमको प्रक्रियामा पनि पर्छ । सहज प्रतिक्रियामा केहि थप कोशिका उत्पादन हुन्छ तर यो राम्रो तरिकाले काम गर्न सक्दैन र अनुकूल प्रतिक्रया कुनै पनि लिम्फोसाइट बनाउछ (यो हड्डीको बीचमा बन्छ र एन्टीबडी  बनाउछ) । र केहि टी लिम्फोसाइट्स (थाइमसमा बन्छन् र रोगजनकको पहिचान गर्ने र मार्ने काम गर्दछन् )

लर्ड भन्छिन्, “टी कोशिकामा कमी हुनुको सबैभन्दा ठुलो कारण भनेको २० वर्षको उमेरमा थाइमस खुम्चिन शुरू हुनु हो । थाइमस निकै सानो हुन्छ र जब मानिस ६५ दखि ७० वर्षको हुँदा केवल ३ प्रतिशत बाँकी रहन्छ ।

ती कोशिका जसमा रोगजनकसंग जोडिएको जानकारी संग्रहित गरेर राखिएको हुन्छ, जब त्यो नष्ट हुन्छ तब मानिस संक्रमणप्रति प्रतिक्रिया दिने क्षमता पनि हराउने छ । साथै टी कोशीकामा उदासिनता पनि आउँछ ।

शाई शेन-आरको अनुसार, “महामारीको विरुद्द खोप लगाउँदा ४० प्रतिशत वृद्द खोप प्रति प्रतिक्रिया दिन सक्दैनन् ।”

अर्को समस्या भनेको बढ्दो उमेर संगै रगत र टिश्यु सुजन हुन शुरु हुन्छ र केहि विशेषज्ञ यसलाई इंफ्लेमेजिंग पनि भन्छन् । प्राध्यापक लर्डको अनुसार, “यसको राम्रो तरिकाले काम नगरेको कारण इम्युन सिस्टममा सुजन हुन्छ र यसले विभिन्न प्रकारको रोग लाग्ने गर्दछ ।” एनकार्नाकियोन मोन्टेसिनो यूनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्ययनकर्ता हुन् ।

उनी भन्छिन्, “ उमेर बढ्दै गएपछि सबै परिवर्तन हुन्छ र कुनै चोट वा संक्रमणबात निको हुन कठिन हुन्छ ।”  उनी भन्छन्, “कतिपय समयमा संक्रमण निकै खतरनाक हुन्छ । तर सधैं उमेरको कारण त्यस्तो हुँदैन ।”

उमेर त सबैको बढ्दै जान्छ र त्यसको साथै शारीरिक परिवर्तन पनि सबैमा हुन्छ तर परिवर्तन सबैमा भिन्न-भिन्न हुन्छ । कतिपय समयमा प्रक्रिया आनुवांशिकीबाट पनि प्रभावित हुन्छ तर सबैभन्दा धेरै यो जीवनशैलीले प्रभावित हुन्छ । अहिलेसम्म हाम्रो प्रतिरक्षाको उमेरको निर्धारण गर्न सम्भव थिएन ।

शेन-आर र उनको समूहले स्ट्यानफोर्ड विश्वविद्यालयको सहयोगमा एउटा यस्तो तरिका पत्ता लगाए जसले प्रतिरक्षाको उमेर पत्ता लगाउन सकिने भएको छ । यस जानकारी थुप्रै रोगको उपचारमा प्रभावकारी रहनेछ ।

शेन आरको अनुसार, “१८ प्रकारको इम्युन सिस्टमको संरचना र रगतको नमुनामा अनुसन्धान गरेर उमेर बढ्ने प्रक्रिया कुन चरणमा छ भन्ने पत्ता लागेको हो ।” थुप्रै पटक उमेर बढ्ने प्रक्रियामा भिन्नता देखाउन मिल्छ तर यस्तो भिन्न लिंगको कारण हुने गर्दछ ।

यूसीएलएका मोन्टेसिनो भन्छन्, “ उमेर त दिन-दिनै बढ्दै जान्छ तर पुरुष र महिलामा केहि मापदण्डमा भिन्नता छ ।”

सक्रियता

उमेरको साथै बढ्दै गएको प्रभाव पनि कम गर्न सकिन्छ र त्यसको लागि शारीरिक रुपमा सक्रिय हुनुपर्छ । लर्डको अनुसार, "आज लामो समयसम्म एउटा मुद्रामा बस्नु चुरोट सेवन गर्नु जस्तै हो ।” पुरै जीवन सक्रिय हुनुपर्छ जसको कारण बुढेसकालमा नतिजा राम्रो हुन्छ ।”

विशेषज्ञको अनुसार, सामान्य व्यायाम गर्नु जस्तै हिड्नु, भर्यांग चढ्नु र हल्का वजन उठाउनु पनि राम्रो शुरुवात हुनसक्छ, आफुले गर्न सक्ने जे गर्दा पनि हुन्छ ।

यस बाहेक दोश्रो कारक काम खानपान कस्तो छ भन्ने पनि हो र यसको साथै प्रसस्त निन्द्रा, कम्तिमा छ देखि सात घण्टाको निन्द्रा हुनुपर्छ । पछिल्लो वर्ष यूसीएलएका शोधकर्ताले साइन्स जर्नल नेचरमा एक अनुसन्धानको रिपोर्ट प्रकाशित गरेका थिए । जसमा उनीहरुले तीन औषधिको मिश्रण (ग्रोथ हर्मोन, दुई डायबिटिक मेडिसीन) बताएका थिए ।

अनुसन्धानकर्ताले ती औषधीको मिश्रणलाई सहभागीकर्तामा परिक्षण गरेका थिए । उनीहरुको उमेर ५१ वर्ष देखि ६५ वर्ष सम्मको थियो । अध्ययनको अनुसार, यसको प्रयोग सहभागीको उमेर २.५ वर्ष कम भयो । उनीहरुको इम्यून सिस्टमले परिवर्तनको संकेत पनि दियो । यस बाहेक सात मानिसमा थाइमस पन बन्यो ।

शेन आरको अनुसार, यो परिवर्तन स्थायी रुपमा भएको हो भने इम्युन सिस्टमको गिरावट प्रक्रिया केहि कम भएको छ र यो निकै महत्वपूर्ण खोज हो ।

सम्बन्धित समाचार