• २०८१ बैशाख १२ बुधबार

गगन थापाद्वारा वायु प्रदूषणबारे सार्बजनिक महत्वको प्रस्ताव दर्ता

kharibot

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं सासंद गगन थापाले वायु प्रदूषणबारे संसदमा छलफल गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । थापा प्रस्तावक रहेको प्रस्तावमा भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ समर्थक रहेका छन् ।

सार्बजनिक महत्वको प्रस्तावमा वायु प्रदूषण जनस्वास्थ्य आपतकालको अवस्थामा पुगेको भन्दै डढेलो लगायतका प्रदूषणका कारण खोजी, न्यूनिकण र नियन्त्रणका लागि कार्ययोजना र तालिका बनाई काम गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रस्ताव ल्याउनाको कारण बारे प्रस्तावमा उल्लेख गरिएको छ- 'वायु प्रदुषणको असर हामीले बुझे जस्तो र अहिले महशुस गरेजस्तो सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र स्वासप्रश्वास प्रणालीमा मात्र छैन। अध्ययनले देखाउन थालेको छ यसले मुटुको रोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दमका साथै प्रजनन प्रणालीमा समेत गम्भिर नकारात्मक असर गर्दछ। बच्चाको मस्तिष्क विकासमा गम्भिर असर गर्दछ। जसका कारण पछिल्ला बर्षहरूमा मुटु रोग, स्ट्रोक, श्वास प्रश्वास सम्बन्धी समस्या लगायतका रोगका विरामी समेत वढ्दै गएको र वर्षेनी हजारौं मानिसले प्रदुषणकै कारणवाट हुने रोगका कारण ज्यान गुमाउनु परेको छ। यसको अर्थ हो हामी अहिलेको पुस्ता मात्र होईन आउदो पुस्तालाई समेत रोगी वनाइरहेका छौं। अत: वायु प्रदुषण न्युनिकरण र नियन्त्रण गर्नका लागि तत्कालिन र दीर्घकालिन समाधानका उपायहरू खोजी सो को प्रभावकारी कार्यान्वयन गर्न सम्मानित सदनले सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले यो सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौं ।'

प्रस्तावक थापाले मंगलबार बस्ने बैठकमा सभामुखले यस प्रस्तावलाई प्राथमिकता दिएर छलफल अगाडी बढाउने विश्वास लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै