• २०८१ बैशाख १३ बिहीबार

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी जारी

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाली पाठकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नयाँ वर्ष २०७८ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी शुरु गरेको छ । 

 गत चैत ३१ गतेदेखि शुरु भएको प्रदर्शनी यही वैशाख १४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानको पुस्तक बजार व्यवस्थापन प्रमुख सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको छ । एउटा शब्दकोश किन्दा १५ र दुई शब्दकोश किने २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । 

प्रदर्शनीमा ४२२ प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका राखिएको छ । बाल  साहित्य, समालोचना, कोश, दर्शन, इतिहास, संस्कृति, डायस्पोरा लगायत विधाका पुस्तक प्रदर्शनीमा छन् । समकालीन साहित्य, कविता, प्रज्ञा, आँगन लगायत पत्रिका पनि प्रदर्शनीमा राखिएको छ । हात हातमा प्रज्ञाका पुस्तक पुर्याउन प्रदर्शनीले सहयोग गर्ने उनको विश्वास छ । 

 प्रज्ञाका पुस्तक निजी क्षेत्रका व्यवसायीबाट पनि बेचबिखन गराउने उद्देश्यले टेण्डरसमेत आह्वान गर्न लागिएको छ । मोफसलसम्म पनि सहज रुपमा प्रज्ञाले प्रकाशन गरेका पुस्तक पाउने व्यवस्था गर्न लागिएको बजार व्यवस्थापन शाखा प्रमुख ढुङ्गेलले जानकारी दिए । पाठकको माग भएमा वैशाख १४ गतेपछि पनि प्रदर्शनी जारी राखिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै