• २०८१ बैशाख ८ शनिबार

थ्रीस्टारलाई हराउदै पुलिस आहा रारा गोल्डकपको सेमिफाईनलमा

kharibot

काठमाडौँ । नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाईनलमा पुगेको छ ।

मंगलबार सम्पन्न खेलमा पुलिसले रुस्लान थ्रीस्टार क्लबलाई ४-० गोल नत्र्ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । 

पोखरास्थित रंगशालामा सम्पन्न खेलमा पुलिसका लागि बुद्ध बल तामाङले दुई गोल गरे भने तेज तामाङ  र सौजन राईले एक एक गोल गरेका थिए ।  

योसँगै आहा रारा गोल्डकपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

अब पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लब र संकट क्लब बुधबार खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा विहिबार नेपाल पुलिस क्लबले अफ्रिकन रूट एसोसियसनको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै