• २०८१ बैशाख ७ शुक्रबार

अजोडको शेयर कारोबार अध्ययन गर्न अर्थमन्त्रालयको निर्देशन, बोर्डद्वारा छानबिन समिति गठन

kharibot

काठमाडौँ । अर्थमन्त्रालयले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार बोर्डलाई अजोड इन्स्योरेन्सको शेयर कारोबारका बारेमा व्यापक जनगुनासो आएकोले सो बारेमा अध्ययन गरेर जानकारी गराउन निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि बोर्डले निर्देशक अम्बिका गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेर अध्ययन थालेको छ । 

यही चैत १६ गतेदेखि भएको कारोबारमा 'इन्साइडर ट्रेडिङ' भएको भन्दै लगानीकर्ताले विरोध गरेका थिए । अजोड़ इन्स्योरेन्स कम्पनिले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी बजारमा सिमित लगानीकर्ताले सूचना पाएर सस्तोमा शेयर किनेको आरोप लागेको छ ।   

सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै लगानीकर्ताहरुले बोर्डमा निवेदन समेत दिएका थिए । 

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

चैत्र १६ गते सोमबार मात्र अजोडको  ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता शेयर कारोबार भएको थियो। सो दिनको कुल कारोबारमध्ये ब्रोकर नम्बर ३३, ३४ र ५० बाट धेरै कारोबार भएको थियो, जसलाई शंकास्पद मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै