काठमाडौँ । नेपालले बंगलादेशविरुद्ध त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेलमा १-० को अग्रता लिएको छ ।
नेपालका लागि खेलको १८औ मिनेटमा संजोग राईले गोल गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेदेखि फाइनल जारी रहेको छ ।
खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली अहिले रंगशालामा उपस्थित रहेका छन् ।