• २०८१ बैशाख १२ बुधबार

फरक विधाका चार श्रष्टा सम्मानित

kharibot

काठमाडौं ।   वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५औँ जन्म जयन्तीका अवसरमा फरक  विधाका चार श्रष्टा सम्मानित भएका छन् ।   

वासु शशी स्मृति परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा  पर्यटनविद् कर्ण शाक्य, आख्यानकार इन्दिरा प्रसाइँ, वरिष्ठ पत्रकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र रमण घिमिरे सम्मानित भएका हुन् । 

उनीहरु क्रमशः वासु शशी साहित्य सम्मान, वासु साहित्य पुरस्कार र कुमार सरस्वती साहित्य पुरस्कार २०७६ बाट सम्मानित  भएका हुन् ।  विसं २०५० सालमा स्थापना भएको यस परिषद्ले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । तीनवटै पुरस्कारका राशि जनही रु २५ हजार रहेको छ । 

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले साहित्य राष्ट्रको अमूर्त गहना भएकाले यसको संरक्षण गर्नु सबैको मुख्य दायित्व रहेको बताएका छन् । 
  
परिषद्का अध्यक्ष गणेश रसिकले संस्थाले नेपाली सायित्यका विभिन्न विधामा सर्वदा नयाँ दिशाबोध प्रदान गरी नयाँ आयाम थप गर्न सफल साहित्यकारलाई सम्मान गर्दै आएको जानकारी दिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै