• २०८१ बैशाख १३ बिहीबार

लकडाउनको असरको अध्ययन: हरेक तीनमध्ये एक युवाको मानसिक स्वास्थ्य प्रभावित

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । कोरोना महामारीको कारण लकडाउनले प्रायजसो मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ ।

यसको सबैभन्दा धेरै असर युवामा देखिएको छ । अमेरिकाको मिसिगन मेडिसिनमा बालबालिकाको स्वास्थ्यमा सीएस मार्ट चिल्ड्रेन हस्पिटलद्वारा गरिएको देशव्यापी पोलको अनुसार करिब ४० प्रतिशत आमा-बुबाको अनुसार उनीहरूको बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिएको छ ।

जस मध्ये विशेष किशोरीमा तनाव र चिन्ता जस्तो लक्षण देखिएको छ । यस आधारमा विशेषज्ञको अनुसार लकडाउनको समयमा परिवर्तन भएको जीवनशैलीमा यस्तो प्रकारको मामिला देखिएको छ ।

हरेक तीन जना मध्ये एक महिला प्रभावित

पोलमा आधारित रहेर हरिएको अध्ययनमा विशेषज्ञहरूले गरेको तीन कोशोरीमा एक जना र हरेक पाँच जना कोशोरमा एक जनाको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ । आमा-बुबाले पोलको क्रममा बताएको अनुसार, उनीहरूको बालबालिकामा तनाव, चिन्ता र निराशाको लक्षण अनुभाव गरिरहेका छन् ।

यस बाहेक २४ प्रतिशत किशोरी तथा २१ प्रतिशत किशोरका आमाबुबाको बयान अनुसार उनीहरू राम्रोसँग निन्द्रा नलाग्ने समस्या सामना गरिरहेका छन् । त्यस्तै आठ प्रतिशत महिला तथा ९ प्रतिशत पुरुषको व्यवहारमा परिवर्तन, छिट्टै रिसाउने बानी बढ्दै गएको देखिएको छ ।

यस आधारमा विशेषज्ञको अनुसार बालबालिकाको मानसिक स्वास्थ्यमा आएको यस्तो प्रकारको परिवर्तनको मुख्य कारण उनीहरू भित्र कुनै कुराको डर र अनिश्चितता हो ।

आमा-बुबाले के गर्ने ?

बालबालिकाको मानसिक स्वास्थ्यमा देखिएको यस्तो प्रकारको नकारात्मक परिवर्तनलाई ठिक गर्न सकिन्छ, डाक्टरको अनुसार यसमा सबै भन्दा ठुलो भूमिका आमाबुबाको हुने गर्दछ । विशेषज्ञहरूको अनुसार, आमा-बुबालाई लगातार आफ्नो बालबालिकासङ कुरा गर्नुपर्दछ । उनीहरूको समस्या बुझ्ने प्रयास गर्नु पर्दछ र यस्तो वातावरण सिर्जना गर्नुपर्छ जसमा उनीहरू खुलेर कुराकानी गर्न सक्नेछन् । यस्तो प्रकारको समस्याबाट बच्नको लागि यही सबैभन्दा सजिलो तरिका हुनेछ

यदि, मामिला गम्भीर देखिए कुनै मनोरोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै