• २०८१ बैशाख ८ शनिबार

ह्यारी र मेगनको अन्तर्वार्ताप्रति दरबारको टिप्पणी- रंगभेदको विषय चिन्ताजनक

kharibot

काठमाडौँ । राजकुमार ह्यारी र मेगन मर्केलको अन्तर्वार्तापछि बंकिघम दरबारले एक विज्ञप्ति जारी गर्दै आफ्नो मौनता तोडेको छ ।

ह्यारी र मेगनको अन्तर्वार्ता प्रसारित भएको अर्को दिन दरबारले एक विज्ञप्ति जारी गर्दै शाही परिवार भित्रको खुलासाले दुखि भएको उल्लेख गरिएको छ ।

ओप्रा विन्फ्रेसँग ह्यारी र मेगनले दिएको अन्तर्वार्तामा दरबारमा रंगभेदको विषय उठेको प्रति दरबारले चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा पुरा परिवार यो जानेर निकै दुखि भएको भन्दै ह्यारी र मेगनका लागि पछिल्लो बर्ष कति चुनौती पूर्ण थियो होला भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अन्तर्वार्तामा जुन जुन मुद्दा उठाइएको छ, खासगरी नस्लवादको विषय चिन्ताजनक विषय रहेको बताइएको छ । दरबारले बुझाईमा गलत भएको हुनसक्छ भन्दै यसलाई गम्भीरताका साथ लिएको उल्लेख गरिएको छ । यसलाई परिवारले निजी किसिमले समाधान गर्ने बताउदै ह्यारी, मेगन र आर्ची परिवारका सधै प्रिय सदस्य रहने उल्लेख गरिएको छ ।

मेगनले अन्तर्वार्तामा दरबार भित्र भएको व्यबहारले आफुलाई आत्महत्या गर्ने सोच आएको बताएकी थिइन् ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै