• २०८१ बैशाख १२ बुधबार

उपचार गराउन विदेश आउनु परेकोमा लज्जित छु - डा. बाबुराम भट्टराई

kharibot

काठमाडौं । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेशमा उपचार गराउन आउनु परेकोमा आफु लज्जित भएको बताएका छन् ।

दिल्ली पुगेर नेपाली दूतावासको अतिथिकक्षमा बसेका डा. भट्टराईले सामाजिक संजालमा टिप्पणी गर्दै २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा आउनु पर्दा लज्जित र दुखित भएको बताएका छन् ।

उनले भनेका छन्, 'मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू ! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?' 

उनी आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने उनको सचिवालयले जानकारी दिएको छ ।

उपचारका क्रममा डा. भट्टराईसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहने उनको सचिवालयले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै