• २०८१ बैशाख ७ शुक्रबार

बालबालिकाको भावना पढ्नसक्ने आर्टिफिसियल इन्टेलिजेन्स !

kharibot

काठमाडौँ । कोरोना महामारीभन्दा पहिला हङकङको ट्रु लाइट कलेजको प्राध्यापक तथा भाइस प्रिन्सिपल, का टिम छु आफ्नो विद्यार्थीको अनुहारमा हेरेर क्लासवर्कको बारेमा उनीहरुको दिमागमा के चलिरहेको छ भन्ने सोच्दै थिए । अहिले अनलाइन लेसनहरुले उनलाई अहिले कक्षा कोठामा के भइरहेको छ भन्ने अनुमान गर्न सक्ने भएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)लर्निंग प्लेटफर्मको माध्यमबाट घरमा पढाइ गर्दा विद्यार्थीको भावनाको बारेमा मोनिटर गर्न सकिनेछ । फो लिटल ट्रि, सफ्टवेयरलाई हङकङको सोलुसन एआइ ले विकास गरेको हो ।

विद्यालयमा विद्यार्थीहरुको भावनात्मक मान्यताको लागि एआइ को प्रयोगले चिन्ताको कारण बनाएको छ, संस्थापक भियोला लाम भन्छिन्, “यसले भर्चुअल कक्षा कोठा राम्रो बनाउन सक्दछ वा राम्रो भन्दा पनि वास्तविक चीज भन्दा पनि राम्रो छ ।”

यस प्रविधिले विद्यार्थीहरुले परिक्षामा कस्तो गर्छन् र विद्यालयको पाठयक्रम अनुसार उक्त प्लेफर्ममा गृहकार्यलाई कसरी गर्नेछन् भन्ने पनि अध्ययन गर्दछ ।

अनुसन्धानमा एआइले विद्यार्थीको अनुहारमा भएको मसल पोइन्टलाई क्यामेराले अध्ययन गर्ने तथा उनीहरुको भावनाको अध्ययन गरेर, खुसि, दु :ख, रिस, अचम्म तथा डरको बारेमा बताउने गर्दछ । फेसियल एक्सप्रेसन रिकग्निसन एआइ ले, मानिसहरुले जस्तै भावना अध्ययन गर्न सक्नेछ ।

यस एआइ सिस्टमले विद्यार्थीलाई परिक्षामा कति समय लाग्न सक्ने र उनीहरुको मार्क्स तथा पछिल्लो पटक कस्तो गरेको छ भन्ने अनुमान गर्न सक्छ । उनीहरुको बलियो पक्ष, कमजोरी तथा मोटिभेसनको लेभल र परीक्षामा कुन ग्रेड ल्याउन सक्छन् भन्ने पनि अनुमान लगाउन सक्छ ।

यस एआइको प्रोग्राम विद्यार्थी अनुसार, उनीहरुको ज्ञान अंतराल र खेलको शैलीमा पढाउने डिजाइनले शिक्षा प्रक्रिया निकै रामाइलो हुने गर्दछ । लाम भन्छिन्, “फो लिटल ट्रिज प्रविधिले विद्यार्थीले पहिला भन्दा १० प्रतिशत राम्रो काम गर्न सक्नेछन् ।”

पुर्व शिक्षिका लामको अनुसार, विद्यार्थीहरु नतिजा आउने समयमा निकै चिन्तित हुने गर्दछन् तर त्यस समयमा निकै ढिलो हुन्छ । उनले सन् २०१७ मा फो लिटल ट्रिज आफ्नो कक्षामा समावेस गरिन् । त्यस समयमा पाँच मिलियन डलर सहयोग पाएकी थिइन् जसमा शिक्षकहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।

हङकङमा पछिल्लो वर्षमा अहिले ३४ देखि ८३ विद्यालयमा यस प्रविधि प्रयोग गरेका छन् । यस कोर्सको मूल्य १० देखि ४९ डलर प्रति कोर्स लाग्ने गर्दछ ।

लाम भन्छिन्, “यस प्रविधि शिक्षकहरुको लागि नकै उपयोगी भएको छ, विशेषगरी कोरोना महामारीको समयमा विद्यार्थीहरुको भावनालाई बुझन शिक्षकलाई सहयोग भएको छ । तर यस प्रविधि संगै बालबलिकाको व्यक्तिगत गोपनीयता भंग हुने चिन्ता बढ्दै जान्छ ।

चीनमा एआइको प्रयोगले बायोमेट्रिक डेटाको अध्ययन गरियो जसमा विद्यालयमा निरीक्षण गर्ने तथा अन्य स्थानमा अनुगमन गर्ने गरेको कारण आलोचना बढ्दै गएको छ । लाम भन्छिन्, फो लिटल ट्रिजले विद्यार्थीको मंसपेसीको मुभमेन्टको अध्ययन गर्दछ तर यसले विद्यार्थीको अनुहारको भिडियो खिच्दैन ।

रेसियल रुपमा यस प्रविधिले केहि समस्या देखाएको छ किनभने कालो रंगको छाला भएको मानिसमा राम्रो संग काम गर्न सकेको छैन । किनभने यस प्रविधिमा केवल गोरो रंगको मानिसको अल्गोरिदममा बनेको हुनाले यो कालो रंग भएका मानिसमा काम गर्दैन ।

लाम भन्छिन् यस प्रविधि, हङकङ र चिनियाँ समाजमा राम्रो काम गरिरहेको छ । तर जातीय रुपमा मिश्रित समाजमा ठुलो चुनौतीको रुपमा रहेको छ । विशेषज्ञहरुको अनुसार, विभिन्न संस्कृति र जातीय पक्षका मानिसको भावनात्मक अभिव्यक्ति भिन्न हुन्छन् ।

लाम भन्छिन्, एआइ हङकङमा ८५ प्रतिशत मानिसमा प्रभावकारी भएको छ र राम्रो सेटिंगमा ९० प्रतिशत सम्म खुसि र दु:ख राम्रो संग पहिचान गर्न सक्छ । तर कठिन भावना जस्तै, दिक्क लाग्ने, उत्सुक हुने र मानसिक डरको समयमा यसले राम्रो काम गर्न सक्दैन ।

लाम यसलाई थप व्यापारिक अनलाइन मिटिंग र विद्यालयहरुको मिटिंगमा पनि प्रयोग गर्नुपर्ने र सहभागीहरुको भावनाको अध्ययन गर्नुपर्ने बताउछिन् । उनी भन्छिन्, “एआइ ले मानिसको कुराकानीलाई थप सहज बनाउनेछ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै