• २०८१ बैशाख ७ शुक्रबार

भारतमा ट्वीटरको विकल्प बन्ला त 'कू' ?

kharibot

काठमाडौँ । अहिले भारतमा एउटा सानो पहेलो रंगको कुखुराको चल्ला निकै प्रख्यात भएको छ । यो वास्तविक कुखुराको चल्ला नभएर सामाजिक संजाल एप कू को लोगो हो । अहिले भारत सरकार र ट्वीटरबीच विवाद बढ्दै गएको बेला भारतमा कू लाई ट्वीटरको विकल्पका रुपमा हेरिएको छ ।

नयाँ माइक्रो ब्लगिंग एप कू भारतको सरकारी संस्थाहरुले भव्य रुपमा प्रयोग गर्न शुरुवात गरेका छन् जसको कारण यसले अमेरिकी एप ट्वीटरलाई चुनौती दिएको छ । भारत सरकारले गलत समाचार फैलाइएको भन्दै ट्वीटरलाई कतिपय अकाउन्ट बन्द गर्न निर्देशन दिएको थियो ।

जसको कारण भारत सरकारले ट्वीटरलाई दोहोरो चरित्रको रहेको आरोप लगाएको छ ।

अमेरिकामा भएको संसद हिंसामा गलत सूचना फैलाएको र हिंसा भड्काएको भन्दै अकाउन्ट ब्लक गर्ने ट्वीटरले जनवरी ३६ मा दिल्लीको रेड फोर्टमा भएको हिंसामा केहि नगरेको आरोप लगाएको छ । ट्वीटरले हालै सस्पेन्ड गरेको अकाउन्टहरुलाई पुन अनुमति दिएको छ ।

सरकारले ब्लक गर्न अनुरोध गरेको अकाउन्टहरु पत्रकार, संचार संस्था र विपक्ष पार्टीकोको रहेको थियो । भारत सरकार र ट्वीटरबीचको लडाईको कारण अहिले ट्वीटरलाई क्षति भएको हो ।

भारत सारकारको समर्थकहरुले भने नयाँ एप कू प्रयोग गर्ने थालेका छन् र उनीहरुले ह्यासट्यागको प्रयोग गर्दै भारतमा ट्वीटर प्रतिबन्ध गर्नुपर्ने माग गरेका छन् ।

कू ले के गर्न सक्छ ?

हालै संचालनमा आएको कू प्रति भारतीय माइक्रोब्लगर आकर्षित हुनुको कारण यो अंग्रेजी सहित पाँच विभिन्न भाषामा प्रयोग गर्न मिल्छ र यसलाई १२ वटा बनाउने कम्पनीले बताएको छ । पछिल्लो वर्ष मार्चमा लन्च भएको कू लाई भारत सारकारद्वारा, आत्मनिर्भर कार्यक्रम अन्तर्गत सम्मान पनि गरिएको थियो ।

ट्वीटर जस्तै संचालन हुने कू लन्चको केहि समयमा नै तीन मिलियन फलोअर्स आकर्षित गरको छ जसमा एक तिहाई सक्रिय प्रयोगकर्ता रहेको कम्पनीले बताएको छ ।

कसले लगानी गर्दैछ ?

यसै महिनाको शुरुवातमा कू को बंगलोरस्थित संस्थापक कम्पनी बोम्बीनेट टेक्नोलोजी यस प्रोजेक्टलाई फण्डिंग गर्न ४.१ मिलियन अमेरिकी डलर लगानी जुटाएको थियो । कू लाई सहयोग गर्नेहरुमा सबै भन्दा अगाडी मोहनदास पाई रहेका छन् ।

उनी भारतमा निकै चर्चित छन्, उनी प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक हुन् भने भारतको बिजेपी सरकारको समर्थक पनि हुन् ।

कू एप माथि चिनियाँ सहयोग रहेको बताएको भए पनि कू प्रमुख अप्रमेया राधाकृष्णले शुरुवातमा केहि चिनियाँ लागनी भएपनि अहिले नरहेको बताएका छन् ।  

अमेरिकामा जब ट्वीटरले डोनाल्ड ट्रम्प सहित समर्थकहरुलाई प्रतिबन्ध लगाएको थियो तब उनीहरु पार्लर एप प्रयोग गर्न थालेका थिए ।

के कू भारतको पार्लर एप हो ?

भारतको सत्तारुढ दल बिजेपीका समर्थकले आत्मनिर्भर भारत अभियानलाई समर्थन दिने भन्दै कू प्रयोग गर्न थालेपछि मानिसहरुले यस एपलाई भारतको पार्लर एप भन्न थालेका छन् । पार्लरले आफुलाई फ्रि स्पीचको प्लेटफर्मको रुपमा प्रस्तुत गरेको छ तर यस एप अमेरिकी पुर्वराष्ट्रपति ट्रम्पका समर्थक बीच निकै प्रख्यात भयो ।

साथै पार्लरको मार्फत क्वानन समूह पनि सक्रिय छन् जसलाई ट्वीटरले ब्लक गरेका प्रयोगकर्ताहरु प्राय यसमा सक्रिय हुने गर्दछन् । ट्वीटरले अहिले कू एपको कारण आफ्नो प्रयोगकर्ता गुमाइरहेको छ ।

भारतका कतिपय मन्त्री तथा सरकारी कार्यालयका वरिष्ठ अधिकारीहरु र ठुला कलाकारहरुले कू अकाउन्ट बनाएका छन् । उनीहरुको फलोअर्सले पनि कू एपमा फलो गरेका छन् ।

पछिल्लो महिना भारतका स्थानिय टेलिभिजन स्टेशन, रिपब्लिक टिभी च्यानलले कू संग सहकार्य गर्ने सम्झौता गरेका छन् । यस एपलाई भारतको बिजेपी पार्टीले ठुलो समर्थन गरेको छ भने कू संग सम्बन्धित ह्यास ट्याग र कन्टेन्टहरु संचार माध्यम तथा टिभी कार्यक्रममा प्राथमिकता दिइएको छ ।

कतिपय मानिसहरुले यसलाई चिनियाँ माइक्रो ब्लगिंग साइट वीबोसंग तुलना गरेका छन् किनभने वीबो पनि सरकार र सरकारको समर्थकहरु माझ निकै लोकप्रिय छ ।

अहिले ट्वीटर जस्तै विशेषता भएका एपहरु प्रसस्त छन् ।

कू र पार्लर जस्तै मस्टोडन र टुटर पनि विकसित भएका छन् तर प्रयोकर्ता भने ट्वीटर जस्तो छैनन् ।  सन् २०१९ मा मस्टोडनले भारतको एक प्रख्यात वकिलको अकाउन्ट ब्लक भएपछि निकै लोकप्रिय भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै