• २०८१ बैशाख १३ बिहीबार

टर्किस एयरलाइन्स र ग्लोकलबीच सहकार्य

kharibot

काठमाडौँ । टर्किस एयरलाइन्स नेपाल र ग्लोकल प्राभेट लिमिटेडबीच सिप प्रचार गर्ने तथा कोशोर अवस्थाका बालबलिकाहरुको पहिचानको लागि सहकार्य गर्न सहमति भएको छ ।

टर्किस एयरलाइन्स नेपालका महाप्रवन्धक अब्दुल्लाह ट्युनर केसीची र ग्लोकल प्रालीका निर्देशक आशिष ठाकुरबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । टर्किस एयरलाइन्सले सन् २०१६ देखि ग्लोकलसँग सहकार्य गर्दै आएको छ । 

टर्किस एयरलाइन्ससंग साझेदारीको छैठौं वर्षमा ग्लोकलले थुप्रै कार्यहरु गर्दै आएको छ, जसमा युवाहरुको सिप विकास र किशोरहरुको क्षमता वृद्धिमा सहयोग गरेको छ ।

सहकार्यको क्रममा युवाहरुलाई थुप्रै रचनात्मक वर्कसप र कार्यक्रमहरु जस्तै सीइओ अनप्लग, जसले उनीहरुको व्यापार तथा उद्यमशीलताको क्षमतालाई वृद्धि गर्दै सामान्य दैनिक जीवन भन्दा अगाडी बढ्न सहयोग गर्दछ ।

शिप अभिवृद्धि सप्ताहले युवाहरुलाई नौलो सोच र उत्साह बढाउने जसले परिवर्तन ल्याउने र उनीहरुको क्षमता वृद्धिको लागि वर्कसप, प्रतिस्पर्ध र केस स्टडीमा फोकस गर्दै आएको छ ।

त्यस्तै टर्किस एयरलाइन्ससंग आर्ट प्रतिष्पर्धा गरेर विद्यार्थीको कलात्मक क्षमता वृद्धि उजागर गर्ने भिजुअल आर्टप्रति तार्किक क्षमता बढ्नेछ ।

टर्किस एयरलाइन्स सन् १९३३ मा पाँच एयरक्राफ्ट सहित स्थापना भएको हो र स्टार एलायन्सको सदस्य टर्किस एयरलाइन्सले यात्रु र ढुवानी विमान गरेर कुल तीन सय ५१ एयरक्राफ्ट तीन सय २० विश्वव्यापी गन्तव्यमा उड्ने गरेको छ ।

जसमा दुई सय ६८ अन्तर्राष्ट्रिय र ५० घरेलु उडान रहेका छन् भने कुल एक सय २६ राष्ट्रमा उडान भर्नेछ । हालै टर्किस एयरलाइन्सले काठमाडौँबाट इस्तानबुल र अन्य देशहरुमा नियमित उडान भरिरहेको छ । टर्किस एयरलाइन्स नेपाललाई प्रत्यक्ष युरोपमा जोड्ने एक मात्र युरोपेली क्यारियर हो ।

अहिलेको महामारीको समयमा पनि टर्किस एयरलाइन्सले विश्वव्यापी रुपमा दुई सय १९ वटा गन्तब्यमा सुरक्षित उडान भरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै