• २०८१ बैशाख १३ बिहीबार

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूको मौन प्रदर्शन

kharibot

सिमकोट । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले आज यहाँ मौन विरोध प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ, नेपाल प्रेस युनियन,  लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, वित्तिय संस्था, स्कुल अफ डेमोक्रेसी लगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा मौन प्रदर्शन गरिएको थियो । 

पुरानो पार्टी कार्यालय काली चोकबाट निस्केको ¥याली बालमन्दिर चोक, काठेचुली, धुपी रुख, खेल मैदान, रानी वन, सनभ्याली एयरपोर्ट चोक हुँदै पुनः कालीन चोकमा आएर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहातजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

समापन अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष राजन रावतले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै