• २०८१ बैशाख ८ शनिबार

वन गस्तीमाथि तस्करबाट आक्रमण, दुई वन रक्षक घाईते

kharibot

बारा । बाराको करैयामाईमा तस्कर समुहबाटै वन गस्तीमाथि आक्रमण भएको छ ।

आक्रमणमा गस्ती गर्ने २ वन कर्मचारीहरु गम्भीर घाईते भएका छन् । जिल्लाको करैयामाई गाउँपालिका वडा नं.७ पिपरास्थित गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले संचालन गरेको चिरान मिलमा वन गस्ती माथी आक्रमण भएको हो । 

मंगलवार राती मध्यरातमा काठ तस्करलाई पछ्याउँदै पुगेका वन गस्ती माथी तस्कर समुहले चिरान भित्र आक्रमण गर्दा दुई जना वन रक्षक गम्भिर घाईते भएका हुन् । 

तस्कर समुहले वन गस्तीको राईफल समेत खोसेर मरणनासन्न हुने गरी कुटपीट गरे पछी प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरिएको स्थानीयले बताएका छन् । गाँपालिका अध्यक्ष धामीको अगुवाईमा घटना गराईएको श्रोतले बताएको छ ।

वन गस्तीमाथि आक्रमण भएको र हतियार खोसिएको खबर आएपछि प्रहरीको टोलीलाई राती नैं परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कलैया बाराले जनाएको छ । 

जिल्लाका प्रहरी नायाब उपरिक्षक गौतम मिश्रका अनुसार गम्भीर घाईते वन कर्मचारीहरुको कोल्हबीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाईएको छ ।

तस्करले खोसेको राईफल फालिएको अवस्थामा फेला परेको प्रहरी नायाब उपरिक्षक मिश्रले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै