• २०८१ बैशाख १२ बुधबार

म्यानचेस्टर युनाइटेड फेरी प्रिमियर लिगको शिर्ष स्थानमा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड फेरी शिर्ष स्थानमा उक्लिएको छ । गएराती युनाइटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । 

म्यानचेस्टर युनाइटेडको जितमा एडिसन कभानी र पाउल पोग्वाले एक एक गोल गरेका थिए ।  त्यस्तै फुलह्यामका लागि अडेमोला लुकम्यानले एक गोल गरेका थिए । 

यो जितपछि युनाइटेडको १९ खेलमा ४० अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै फुलह्यामको भने १८ खेलमा १२ अंक छ र लिगमा १८औ स्थानमा रहेको छ । 

त्यस्तै गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

सिटीको १८ खेलमा ३८ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडभन्दा एक खेल कम खेल्दै २ अंकले पछाडी रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै