• २०८१ बैशाख ८ शनिबार

एलन मस्क : कसरी बने दुनियाँका सबैभन्दा धनि ?

kharibot

काठमाडौँ । स्पेस एक्सका संस्थापक तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क दुनियाँका सबैभन्दा धनि व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १९१ बिलियन डलर पुगेको छ । विहिबार मस्कको कम्पनिको सेयरमा व्यापक वृद्धि भएपछि उनले अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वका सबैभन्दा धनि व्यक्ति बनेका हुन् । बेजोस २०१७ देखि धनि व्यक्तिको सुचीमा शिर्ष स्थानमा रहेका थिए ।

मस्क टेस्ला बाहेक निजी स्पेस कम्पनी स्पेसएक्सका समेत मालिक हुन् । तर स्पेस एक्सको सेयर मुल्य त्यति घटबढ नहुने बह्येपनि टेस्लाको मुल्य करिब एक बर्षमा ७४३ प्रतिशतले बढेको देखिएको छ । २०२० मा टेस्लाको सेयर मुल्यमा १०६ बिलियनले बढेको थियो । गत नोभेमबरमा नै मस्क विल गेट्सलाई उछिन्दै विश्वको दोस्रो धनि व्यक्ति बनेका थिए ।

त्यस्तै बेजोसको भने अहिलेको बजार मुल्य अनुसार सम्पत्तिको नेट मुल्य १८७ बिलियन डलर रहेको छ । त्यस्तै बेजोसको कम्पनि अमेजनको पनि २०२० मा सेयर मुल्यमा करिब ७५ बिलियनले बढेको छ ।

एलन मस्कको कामको दायर केबल  भविष्यको कार बनाउने कम्पनिको रुपमा मात्र छैन । उनको कम्पनि टेस्ला इलेक्ट्रिकल कारमा लगाउने पुर्जा, ब्याट्री पनि बनाएर अन्य कार निर्माता कम्पनिहरुलाई बेच्ने गर्दछ । 

उनको कम्पनिले घरमा लगाउने सोलार इनर्जी सिस्टम समेत बनाउने गर्दछ, जसको माग समयक्रमसँगै बढ्दै गएको छ । मस्कले एक अन्तरीक्षको अनुसन्धान गर्ने कम्पनि स्पेसएक्स पनि चलाउछन् । त्यस्तै उनले अमेरिकामा सुपरफास्ट अन्डरग्राउण्ड ट्रान्सपोर्ट सिस्टमको खाका समेत तयार गरिरहेको बताइएको छ । 

अहिलेको समयमा एलन मस्कको परिचय एक अमेरिकी उद्यमीको हिसाबले रहेको छ । तर उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनकी आमा मूलरुपमा क्यानाडाकी हुन् भने पिता दक्षिण अफ्रिकाका हुन् । मस्कले आफुलाई बच्चा देखि नै पुस्तक पढ्ने सौख रहेको बताएका छन् ।

१० बर्षको उमेरमा नै मस्कले कम्युटर प्रोग्रामिङ सिकेका थिए र १२ बर्षको उमेरमा उनले ब्लाष्टर नामको भिडियो गेम बनाएका थिए, जसलाई एक स्थानीय म्यागजिनले पाँच सय अमेरिकी डलरमा किनेको थियो । यसलाई मस्कको पहिलो व्यापारिक उपलब्धि मान्ने गरिन्छ ।

४९ बर्षिय मस्कको व्यापारको सुरुवात सन १९९९ मा त्यति बेला भयो, जब उनी र उनका भाई किम्बलले आफ्नो सफ्टवेयर कम्पनि 'जीप-२' का लागि एक सफल डिल पाए ।

यसबाट आएको पैसालाई मस्कले २७ बर्षको उमेरमा एक नयाँ कम्पनिमा लगाए जसको नाम एक्स डट कम रहेको थियो । यो कम्पनिले त्यति बेला पैसा ट्रान्सफर गर्ने व्यवस्थामा क्रान्ति ल्याउने दाबि गरेको थियो ।

मस्कको यसै कम्पनिलाई अहिले पे-पलको नामले चिनिन्छ । यस कम्पनिलाई २००२ मा 'इ-बे' ले किनेको थियो । यसका लागि मस्कले १६५ मिलियन अमेरिकी डलर पाएका थिए । उनको क्यारियरमा यो निकै ठुलो उपलब्धि रहेको मानिन्छ ।

यसपछि मस्कले अन्तरिक्षको अनुसन्धान गर्ने प्रविधिमा काम गर्न शुरु गरेका थिए । उनले यस प्रोग्रामलाई स्पेस एक्स नाम दिए र उनले आउने दिनमा मानिसहरुलाई अर्को ग्रहमा बसाल्न सकिने लक्ष्य लिएर काम गर्न शुरु गरेका थिए ।

यसपछि सन २००४ मा मस्कले इलेक्ट्रिकल कार कम्पनि टेस्लाको शुरुवात गरे ।  उनले त्यति बेला भविष्यमा सबै कुरा इलेक्ट्रिकल हुनेछ, स्पेसमा जाने रकेट र टेस्ला दुवैले यसमा परिवर्तन ल्याउन भूमिका खेल्ने बताएका थिए ।

एलन मस्कले बिबिसीले सोधेको सफलताको रहस्य के हि भन्ने प्रश्नको जवाफमा आफ्नो विजिनेसप्रतिको हेर्ने दृष्टिकोण बताएका थिए । उनले भनेका थिए, 'मलाई थाहा छैन, मसँग कति सम्पत्ति छ, यो यस किसिमको व्यापार होइनकी मसँग कैयौं नोटका बन्डल रहेका छन् ।

यसलाई यस किसिमले हेर्नुपर्छकी मेरो टेस्ला, स्पेस एक्स र सोलार सिटीमा हिस्सेदारी छ र बजारमा यस हिस्सेदारीको केहि मुल्य छ । तर यसले मलाई खासै फरक पर्दैन किनकी मेरो काम गर्नुको लक्ष्य त्यो होइन ।'

मस्कले अन्तरिक्षसम्बन्धि काम गरिरहदा मंगलग्रहमा एक बेस बनाउन आफ्नो पुँजीको ठुलो हिस्सा लगाउन चाहेको बताएका छन् । र उनले यस मिशनलाई सफल बनाउन आफ्नो सबै पुँजी लगाएपनि आश्चर्य नहुने बताएका छन् ।

मस्कले आफुलाई एक व्यापारी लगानीकर्ता भन्दा पनि एक इन्जिनियरको रुपमा मानिसहरुले चिनुन् भन्ने रहेको बताएका छन् ।

मस्क जोखिम मोल्न सक्ने व्यक्तिका रुपमा पनि चिनिन्छन् । २००८ मा जब दुनियाँले आर्थिक मन्दीको सामना गरिरहेको थियो, त्यति बेला उनले पनि मन्दीको सामना गर्नु परेको थियो । टेस्लामा पनि उत्पादनसँग सम्बन्धित समस्या आइरहे भने स्पेसएक्सका तीन लन्च असफल भएका थिए । त्यति बेला मस्कले आफुलाई दिअनिक खर्चका लागि समेत ऋण लिन परेको बताएका थिए । तर पनि उनी आफ्नो मिशनमा लगातार लागि रहे ।

मस्कलाई नजिकबाट जान्नेहरु उनको काम गर्ने लत गजबको रहेको छ । टेस्लाको मोडल-३ तयार गर्ने समयमा उनले सातामा १२० घण्टासम्म काम गरेका थिए र उनी त्यसैमा रमाउने गर्दथे ।

मस्कले कोरोना महामारीको बेला गरिएको लकडाउनको खुलेर बिरोध गरेका थिए । उनको सन फ्रान्सिस्कोस्थित फ्याक्ट्री पनि बन्द गर्नु परेको थियो । केहि विश्लेषकहरुले मस्कको मनलाई पढ्न गाह्रो रहेको बताउछन । उनको बारेमा पूर्वानुमान गर्न निकै गाह्रो रहेको बताइन्छ । अहिले उनलाई एक दुरदर्शी व्यक्तिको रुपमा चिनिन्छ ।

मस्कले गत सेप्टेम्बरमा आफ्नो कम्पनीका सबै कार सेल्फ ड्राइभिङ हुने बताएका थिए । आउने तीन बर्षमा उनले सस्त इलेक्ट्रिकल कार ल्याउने समेत उनको योजना रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै