• २०८१ बैशाख १२ बुधबार

दश किलो चरेशसहित पक्राउ

kharibot

फाइल तस्विर

भीमदत्तनगर ।  प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले दश किलो लागुऔषध चरेशसहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । 

फलुबारी नगरपालिका–१८ ई गाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेशसहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए । 

ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेश आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै