• २०८१ बैशाख १३ बिहीबार

जीतपुरसिमरा उपमहनगरपालिकामा ताला बन्दी

kharibot

तस्वीर : श्याम गुप्ता

बारा । बारा जिल्ला स्थित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्षले उपमहानगरपालिका कार्यालयको मुल गेटमा करिब ३ घण्टा ताला बन्दी गरेका छन् ।

दुई वर्ष पहिले वडा नम्बर २३ मा नगरपालिकाको बजेटबाट झुलुङ्गे पुल बनाउँन ठेक्का गरि शिलान्यास गरिएको तर काम शुरु नभएको भन्दै वडा अध्यक्षले उपमहानगरपालिकाको मुल गेटमा ताला बन्दि गरेका हुँन् । तीन वटा टोलका करिब चार सय भन्दा बढि स्थानीयलाई वडा कार्यालयसँग जोडिने गरी निर्माण गर्न लागिएको यस योजनाको काममा भएको ढिलाईको विरुद्धमा आँफुहरूले उपमहानगरपालिकामा ताला बन्दी गरेको वडा अध्यक्ष असलम देवानले जानकारी दिए ।

यस भन्दा पहिला पनि पटक पटक गाउँलेहरुको समुहले पुल निर्माणको कार्यलाई तत्काल शुरु गर्न पालिका मै आएर दवाब दिएको तर त्यसलाई समेत बेवास्ता गरेको भन्दै आँफुहरूले बाध्य भएर ताला बन्दी गर्नु परेको उनले जानकारी दिएका छन् ।

उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेल कै पहलमा दशैं अगाडी नैं काम शुरु हुँने भनि भएको सहमति दशैं , तिहार र छठ पर्व बिति सक्दा समेत शुरु नभए पछि गाउँलेहरुको सहयोगमा वडा अध्यक्ष देवानले पालिकाको मुख्य गेटमा ताला बन्दी गरेका हुँन् । करिब २७ लाखको लागतमा निर्माण हुँने भनिएको यस योजनाको काम एस.के. ईन्जिनियरिङ्ग ईन्डट्रिज बुटवल रुपन्देहीले २०७७ भाद्र १ गते भित्र कार्य सम्पन्न गर्ने गरी २०७६ फाल्गुन २२ मा सम्झैता गरेको थियो । यस योजनाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को भलुहि, ताजपुर र दालमिल जोड्ने वडा अध्यक्ष देवानले जानकारी बताए ।

यता जीतपुरसिमरा उपमहानरका प्रमुख प्रशासकिय अकिधृत तजकुमार पोखरेलले तिहार अगाडी ठेकेदारसँग कुरा भएको र ठेक्केदारले छठ पश्चात काम शुरु गर्ने जानकारी दिएको बताएको छ । शिलान्यास पश्चात लकडाउन भएको कारण देखाई काममा ढिला गरेको ठेक्केदारले अब चाँडै नैं काम सम्पन्न भनेको र आँफुहरु ठेक्केदारको दैनिक सम्पर्कमा रहेको उनले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै