• २०८१ बैशाख १३ बिहीबार

गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरको वडा नम्बर १३ निवासी ३६ बर्षिय महिला रहेकी छन् ।

उनको गएराती ११ बजे पश्चिमान्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई कार्तिक ५ गते कोरोना संक्रमण भएको थियो ।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रदेशमा अहिलेसम्म ६९४५ जना संक्रमित भएका छन् भने अहिलेसम्म ४०६६ जना निको भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै