• २०८१ बैशाख १३ बिहीबार

वीरेन्द्रनगरका ३३ जनामा डेंगु संक्रमण

kharibot

प्रतिनिधी तस्वीर

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ ।

दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । अघिल्ला वर्षको तुलनामा यो दोब्बर भन्दा पनि बढी हो । कोरोना महामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले चालु अवको दुई महिनामा डेंगु रोगको संक्रमण देखिएकाहरु सबै नागरिक वीरेन्द्रनगरका रहेको जानकारी दिए । डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै