• २०८१ बैशाख ११ मंगलबार

पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर

kharibot

फाइल तस्वीर

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले र वडा नं ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा छन् । 

विगत तीन दिनदेखि परेको अविरल वर्षाले बस्तीमाथिबाट पहिरो जान थालेपछि उक्त बस्तीका २६ घर जोखिममा परेका हुन् । उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताए । 

उनका अनुसार कालीगण्डकी नदीको कटान तथा बस्ती माथिबाट खसेको पहिरोको कारण कोप्चेपानीका २३ र जलथलेका तीन घर उच्च जोखिममा रहेका छन् । “जलथलेका तीन घरलाई सुरक्षित स्थानमा सारिएको छ भने कोप्चेपानी बस्तीमा खानेपानीको समस्या भएकाले चार सय मिटर पाइपको व्यवस्था गरिएको छ । अति उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ”, अध्यक्ष पुनले भने, “भिरालो तथा कमजोर भूगोलका कारण पहिरो गएको हुन सक्छ ।”

कोप्चेपानीका बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरणका लागि वडा नं ४ को भलाममा जग्गा खोजीको तयारी थालेको पनि उनले बताए । यसैगरी रुप्से झरनामा आएको बाढीका कारण सडकमा क्षति हुँदा बेनी –जोमसोम सिधा यातायात विगत दुई महिनादेखि अवरुद्ध छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै