• २०८१ बैशाख ६ बिहीबार

१३ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

kharibot

प्रतिनिधी तस्वीर

धादिङ । जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिनुभयो । बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै