• २०८१ बैशाख १३ बिहीबार

बाराका लालध्वजको हत्यारा तत्काल पत्ता लगाउन माग

kharibot

बारा । एक महिना अघि बाराको अमलेखगंजमा हत्या गरिएका निजगढ नगरपालिका वडा नं.८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ को हत्यारा अहिले सम्म पत्ता नलागेको भन्दै मृतकका परिवार र आफन्तले घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग पुर्याई दिन अनुरोध गरेका छन् ।

मृतक लालध्वजका दाजु आसमान लामाले एक महिना बिति सक्दा पनि प्रहरीले हत्यारा पहिचान गर्न नसकेको भन्दै गुनाँसो गरेका हुन् ।

उनले घटनामा राजनितिक दवाव र अन्य प्रभाव पनि हुँन सक्ने भन्दै प्रहरीसँग निष्पक्ष अनुसन्धानको लागि मागसमेत गर्नुका साथै अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग पुग्ने गरी स्थानीय सबैले भुमिका खेलिदिन समेत अनुरोध गरेका छन् ।

पिडित परिवारले गरेको पत्रकार सम्मेलनमा स्थानीय राजनितिक दलका प्रतिनिधि, मृतकका आफन्त, छिमेकी, सर्वसाधरण र सञ्चारकर्मीहरु समेत गरी सयौंको उपस्थिति रहेको थियो ।

त्याहाँ नेकपा प्रदेश नम्बर २ प्रदेश कमिटि सदस्य रविराज दङ्गाल , निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, नेपाली काँग्रेसका पेमासिद्धि लामा, राप्रपाका खडकप्रसाद उप्रेति, निजगढ नगरपालिका वडा नं.८ का अध्यक्ष टेबबहादुर लामा र वडा नम्बर १३ का अध्यक्ष एंव नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ल्ला अध्यक्ष सुर्य घलान लगाएतले समेत हत्यारालाई जतिसक्दा चाँडो कानुनको दयारामा ल्याउनु पर्ने कुरामा जोड् दिएका छन् ।

कार्यक्रममा मृतका आमा बसुन घिसिङ्ग, श्रीमति बिनु लामा र छोरी विद्युषिको पनि उपस्थिति रहेको थियो । उनीहरुले समेत अपराधिहरुलाई कठघरमा उभ्याउनु पर्ने बताए ।

अमलेखगंज स्थित ससुराली घरमा पसल चलाएर बस्दै आएका लालध्वजको गत असार २१ गाउँ नजिकै दुधौरा खोला पारीको जंङ्गलमा धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

प्रतक्षदर्शीका अनुसार उनको दुबै हात , खुट्टा र लिङ्ग समेत काटिएको अवस्थामा शव थियो । उनको पेट र गर्धनमा समेत हारिलो हतियार प्रयोग गरिएको दाजु आसमानले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले निजगढ नगरपालिकाका ८ र ९ बाट ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र केही समयमा नैं सत्य तथ्य बाहिर आउने जानकारी दिए ।

यता , हत्यामा संलग्नको पहिचानमा ढिलाई भएको भन्दै निजगगढका स्थानीयले पनि चिन्ता व्यक्त गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै