• २०८१ बैशाख १३ बिहीबार

गेट्स फाउन्डेसनले भारतमा कोरोनाको भ्याक्सिन उत्पादन गर्न १५० मिलियन डलर सहयोग गर्ने

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा फाइनान्स गरिएको गाभी (भ्याक्सिन एलाइन्स) र भारतको सीरम इन्स्टिच्युट अफ इंडियाबीच १० करोड डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने सहमति भएको छ ।

भारतसहित विभिन्न गरिब देशहरुमा कोरोनाको भ्याक्सिन छिटो र सहजरुपमा उपलब्ध गराउन यो सम्झौता गरिएको जनाइएको छ ।

यस सम्झौता अनुसार विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले बेलायतको अक्सोर्ड युनिभर्सिटीले बनाइरहेको र नोभा भ्याक्सको कोरोना भ्याक्सिन उत्पादन गर्न सीरम इन्स्टिच्युटलाई १५० मिलियन डलर सहयोग् गर्ने छ । सम्झौता अनुसार कोरोनाको एक भ्याक्सिनको मुल्य ३ डलर लागत पर्ने देखिएको छ भने भ्याक्सिन एलाइन्स गाभीको माध्यमबाट सीरम इन्स्टिच्युटले सो रकम प्राप्त गर्ने छ ।

भारतसहित अन्य अविकसित देशमा कोरोनाको भ्याक्सिन बन्नासाथ उपलब्ध गराउने उदेश्यले यो सम्झौता गरिएको बताइएको छ । विश्वभर सय मिलियन खुराक भ्याक्सिन तयार गर्ने अभियान अन्तर्गत भारतमा सीरमसँग सम्झौता भएको हो ।

भ्याक्सिनको सफल परिक्षण हुनासाथ यसको उत्पादन शुरु हुने बताइएको छ । सम्झौतामा २०२१ को पहिलो ६ महिनामा व्यापक रुपमा कोरोना भ्याक्सिनको उत्पादन गरिने छ ।

अहिले कोरोनाको भ्याक्सिन निर्माणको काममा विश्वका २ सयभन्दा बढी प्रोजेक्ट व्यस्त रहेका छन् । जसमा विश्वभर २१ भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ ।          
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै