• २०८१ बैशाख ८ शनिबार

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने' सार्बजनिक (भिडियोसहित)

kharibot

काठमाडौं  । कलाकार  हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी के को सुन्ने, म पो जान्ने सुन्ने...’ सार्वजनिक भएको छ ।

आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो विहिबार सार्वजनिक भएको हो ।राजनीतिक व्यङ्ग्य रहेको यो गीतमा नेपालको राजनितिक दलमा रहेको ठूलो, सानो भन्ने तछाड मछाडलाई व्यंग्य गरिएको छ । गीतलाई भुपालमान सिंहले एरेञ्ज गरेका छन् भने किरण तुलाधरको मिक्सिङ-माष्टरिङ रहेको छ ।

स्टुडियो वानमा रेकर्डिङ गरिएको गीतको भिडियोलाई सागरराज शर्माले निर्देशन गरेका छन् । गीतको भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ ।

गीतको भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै