• २०८१ बैशाख ११ मंगलबार

नेकपा सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण, मिलेर काम गर्नुस् - कमल थापा

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धराशायी हुदै गएको बेला सत्तारुढ दलभित्र सत्तासंघर्ष हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

नेकपाभित्रको विवादमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले जनताले ५ बर्षका लागि बहुमत दिएको भन्दै आपसमा मिलेर काम गर्न नेकपाका शिर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् - 'सिमा विवाद चरमोत्कर्षमा पुगेको,कोभिड-१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ । ५ बर्षकोलागि जनताले बहुमत दिएका हुन् । आपसमा मिलेर काम गर्नुहोस्' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै