• २०८१ बैशाख १२ बुधबार

भारतीय नोटसहित पक्राउ परेका दुईलाई कारागार चलान

kharibot

प्रतिनिधी तस्वीर

हेटौंडा । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ ।

जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर  बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत मकवानपुरले उनीहरुलाई जनही रु १७ लाख धरौटी मागेको थियो ।

गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बी २३ इ २३३३ नम्बरको भारतीय बोलेरोसहित उक्त रकम बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले कानून विपरीत प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै