• २०८१ बैशाख ८ शनिबार

तालिवानसँग वार्ता गर्ने अफगानी महिला को हुन् ?

kharibot

फजिया कुफीको बाल्यकालदेखि डाक्टर बन्ने सपना थियो तर जब १९९० को दशकमा तालिवानले अफगानस्तानमा कब्जा गरे, उक्त सपना, सपना मात्र रहन गयो ।

त्यस समुहले महिलाको सार्वजनिक रुपमा बाच्न पाउनुपर्ने अधिकार खोस्यो र उनको श्रीमानलाई जेल हाल्यो र जब उनी नेता बनिन् उनलाई मार्ने प्रयास समेत गर्यो । तर उनले पछि गएर तालिवानसँग वार्ता गरिन् जो अहिले अमेरिकी सैनिकले सबै शक्ति खोसेपछि शान्तिको बाटोमा आएका छन् ।

“म अलिकति पनि आत्तिएकी थिइन, मेरो लागि सबै भन्दा महत्वपूर्ण काम भनेको शान्त भएर अफगानस्तानको महिलाको प्रतिनिधित्व गर्नु थियो ।” उनी भन्छिन्, “कतिपय तालिवान मलाई हेरिरहेका थिए ।”

कुफी ती महिला मध्य एक थिइन् जो प्यान-अफगान प्रतिनिधिमण्डलमा सहभागी थिइन्, जसले देशको वर्षौ देखिको इस्लामिक शासकहरुसँग वार्ता गर्दै आएको थियो र महिनौ अमेरिकासँग शान्तिवार्ता गरिरहेको थियो ।

पछिल्लो वर्ष, उनीसंग अर्को एक जना मानवधिकार अभियान्ता महिला लैला जफारी पनि सहभागी थिइन्, उनीहरु दुवै मोस्को होटेलमा ७० जना पुरुषले भरिएको कोठामा प्रवेश गरेका थिए ।

कोठाको एक पक्षमा तालिवान थिए भने अर्को पक्षमा अफगान पुरुष राजनीतिज्ञ र अभियान्ताहरु संगै ती दुई जना महिला थिए ।

“मैले उनीहरुलाई अफगानस्तान अब एउटा मात्र विचारधारामा नरहेको बताए र अहिले देशमा विविध बिचार रहेको भने ।” उनी भन्छिन्, “ कतिपय तालिवानको प्रतिनिधिमण्डलका सदस्य केवल मलाई हेरिरहेका थिए  र कतिपय नोट टिपिरहेका थिए र अरु अन्तै हेरिरहेका थिए ।”

लामो बार्ताको प्रक्रियामा, तालिवानले अफगान सरकारसंग प्रत्यक्ष कुरा गर्न अस्विकार गरेका थिए । उनीहरुको अनुसार, “कठपुतली जस्तो सरकारसंग वार्ता गर्न चाहदैन थिए ।” तर पछि अमेरिका र रसियाबाट दवाव शृजना भएपश्चात्, सम्झौता भयो र उनीहरुले अनौपचारिक अफगान प्रतिनिधिमण्डलसंग कुरा गर्न तयार भए ।

कुफी उक्त समुहमा तीन वटा समरोहमा सहभागी भएकी थिइन् ।

तालिवानको अत्याचारले आफ्नो जीवन नै उथलपुथल भएको कारण वार्तामा उनले महिला अधिकारको बारेमा खुलेर कुरा गरेकी थिइन् । उनले अझ धेरै महिला शान्ति प्रक्रियामा संग्लग्न हुनुपर्ने कुरा उठाएकी थिइन् ।

“हाम्रो पक्षबाट महिला प्रतिनिधि भएको कारण, मैले तालिवान समुहलाई आफ्नो तर्फबाट पनि महिलालाई वार्ताको टेबलमा ल्याउन भनेको थिए तर उनीहरु मेरो कुरा सुन्ने बित्तिकै हास्न थाले ।”

सन् १९९६ देखि २००१ सम्मको उनीहरुको शासनमा, तालिवानले महिलालाई शिक्षा तथा रोजगारबाट रोक लगाएका थिए, उनीहरुले आफैले बनाएका इस्लामिक कानुनको संस्करण लागु गरेका थिए जसमा ढुंगाले हानेर मार्नु तथा कोर्रा लगाउनु पनि रहेका छन् ।

आफ्नो पुरै जीवन अफगानस्तानमा बिताएकी फजिया कुफीलाई यस्तो सजाय पाएका व्यक्तिको बारेमा थाहा छ ।


आफ्ना दुई छोरीका साथमा कोफी ।


 

जब उनीहरुको बोल्ने पालो आयो, तब तालिवानको मध्यस्तकर्ताले उनको लैङ्गिक समानताको बारेमा प्रतिक्रिया दिएका थिए, “ उनले भने, महिला प्रधानमन्त्रीसम्म बन्न सक्छन् तर राष्ट्रपति कहिले पनि हुनपाउने छैनन्, उनीहरु भन्छन्, महिला न्यायाधिश पनि बन्न पाउँदैनन् ।”

कुफी भन्छिन्, “उक्त वार्ताको ढाँचाले दोहोरो कुराकानीको अनुमति दिइरहेको थिएन, म उनीहरुसंग सहमत थिइन तर मैले तर्क पनि राखिन ।” 

कुफी जस्तो महिलाको लागी समस्याको निचोड नै यहि हुन्छ, इस्लामको केवल एउटा मात्र किताब छ तर ईश्वरशास्त्रीय विचारको धेरै धाराहरु रहेका छन् ।

“मैले कहिले पनि इस्लामिक शिक्षणको बारेमा धेरै विद्वानबाट फरक दृष्टिकोण भएको देखेको छैन तर तालिवानले कुरानको अलि बढी नै व्याख्या गरी त्यसलाई पछ्याएको छ ।”

मैले कहिले पनि बुर्का किनेको छैन । फजिया कुफीले सन् १९९६ मा पहिलो पटक तालिवान लडाकु देखेकी थिइन् ।

उनी भन्छिन्, “ म काबुलमा चिकित्साशास्त्र पढ्दै थिए जब तालिवानले शहरमाथि कब्जा गरेको थियो, मैले उनीहरुलाई मेरो पाँचै तलाको फ्ल्याटबाट देखेको थिए । सडकमा लडाई चलिरहको थियो र अटोमेटिक राइफल सैनिकको बीचमा युद्ध भइरहेको थियो ।” 

केहि दिनमा नै उनको बच्चा देखिको सपना टुट्यो र मेडिकल कलेजले उनलाई निकालीदियो, उनी कबुलमा नै बसिन् र आफ्नो विद्यालयबाट निकालिएका बालिकाहरुलाई अंग्रेजी पढाउन थालिन् ।

कुफी भन्छिन्, “ त्यो एकदम निराशाजनक स्थिति थियो, यदि कसैले तपाइँलाई कमजोर पार्न र तपाइँको लागि अवसरहरू रोक्न चाहन्छ भने ... यो धेरै पीडादायी थियो । तालिवानले व्यव्स्था नै लागु गरेको थियो कि महिलाले सार्वजनिक स्थलमा पुरै बुर्का लगाउनुपर्ने थियो ।”

“मैले कहिले पनि बुर्का किनिन किनभने मलाई हाम्रो संस्कृतिको कुनै अंश नै नभएको बेकारको कुरामा पैसा खर्च गर्न मन थिएन।”, उनी भन्छिन्, “तालिवानको धर्म र सदाचार नामको समूहले सडक तथा गल्लि गल्लिमा गस्ती गर्दथे र बुर्का नलगाउने महिलालाई कुटपिट गर्दथे । जब अमेरिकामा ९/११ को आक्रमण भयो र तालिवान बहिष्कृत भए प्रयजसो मानिसले राहतको सास फेरेका थिए । हामी सडकमा हिंड्न सक्छौं र तालिबानले कुटाइको डर नमानी किनमेल गर्न सक्दछौं ।”

म भित्र एउटा ज्वाला बलिरहेको थियो ।

तलिवानको अन्त्य पछि, कुफीले संयुक्त राष्ट्रसंघमा काम गर्न थालिन् र नाबालक पुर्वसेनाको पुनर्स्थापनमा काम गर्न थालिन् ।

उनका दुई छोरीहरु पनि थिए, उनको श्रीमानको क्षयरोगको कारण मृत्यु भइसकेको थियो तर जेलमा हुँदा उनले आफ्नो छोरीको जिम्मा कुफीलाई दिएका थिए । सन् २००५ मा संसदीय चुनाव घोषणा गरिएको थियो र उनले आफ्नो नाम दर्ता गराएकी थिइन्, उनका बुबा पहिला नै संसदीय सदस्य भएको कारण उनको सहयोगले कुफीले भोट पाएकी थिइन् ।
“सबै भन्दा ठुलो चुनौती भनेको मेरो लागि आफ्नो छुट्टै पहिचान बनाउनु थियो”

उनी आफ्नो संसदीय सदस्यको दुई कार्यकाल बनेपछि उपवक्ता बनेकी थिइन् र त्यसै समयमा देशको दक्षिणमा हुँदा उनलाई मार्ने प्रयास गरिएको थियो ।

“सन् २०१० को मार्च महिनामा, म अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नानग्रहर पुगेको थिए र मेरो पछाडी ट गोली चल्न शुरु भयो, खोलाको किनार, माथी पहाडबाट गोली चल्यो ।”

तर कुफी र उनका दुई छोरीलाई सुरक्षाकर्मीले बचाए, उनीहरुले पहाडको सुरुंगमा लगे र त्यहाँबाट हेलिकप्टर मार्फत काबुल पुर्याइयो ।

“सबैजना शान्ति भएको हेर्न चाहन्छन् ।” दश वर्षपछि, तालिवान र अमेरिका शान्तिको बाटोमा अगाडी बढिरहेका छन् जुन यसै हप्ता हस्ताक्षर हुनेछ । सैनिकहरुलाई फेरी गठबन्धन हुन र पुन युद्ध गर्न केहि वर्ष पनि लाग्दैन, उनीहरु सन् २००१ भन्दा अहिले धेरै स्थान ओगटेर बसेका छन् ।

लडाईबाट मानवीय क्षतिको संख्या विशाल छ, हजारौको संख्यामा नागरिकहरु मारिएका छन् भने कयौं घाइते भएका छन् । अफगानिस्तान संसारको सबै भन्दा गरिब राष्ट्र मध्ये पर्दछ ।

करिब २.५ मिलियन अफगानी अन्तराष्ट्रिय रुपमा शरणार्थीको रुपमा दर्ता भएका छन् भने दुई मिलियन देशबाट बाहिरिएका छन् । करिब दुई मिलियन एकल महिलाहरु आफ्नो जीविकोपार्जनको लागि संघर्ष गर्दै छन् ।

“सबैजना शान्ति चाहन्छन् , हामी युद्धको समयमा जन्मिएका थियौ र युद्धमा नै हुर्कियौं , न त मलाई शान्ति के हो भन्ने थाहा छ न मेरा भावी पुस्तालाई” कुफी भन्छिन् ।

तर कुनैपनि हालतमा सम्झौता होइन, “शान्ति भनेको गौरवका साथ बच्न पाउनुपर्ने, न्याय र स्वतन्त्रता हो र लोकतन्त्रको कुनै अर्को विकल्प छैन ।”

तालिवानले स्वीकार गरेका कुराहरु बाहिर देखिएको छ र तिनीहरु कति परिवर्तन भएका छन् भने प्रष्ट भएको छैन । तालिवानका प्रवक्ता सुहेल साहिन भन्छन्, “ शान्तिको विरुद्धमा रहेका मानिसहरु महिला अधिकार र स्वतन्त्रतालाई हतियार बनाएर वार्तामा समस्या उत्पन्न गराइरहेका छन् ।”

तर फजिया कुफी भन्छिन्, “ महिलाहरुले धेरै गुमाइसकेका छन्, तर अब के नै बाँकी रहेको छ र ?”

उनका दुवै छोरीहरु काबुल विश्वविद्यालयमा अध्यनरत छन् र आफ्नो जीवनमा संचार र इन्टरनेटको पहुँच छ ।

“ कुनै पनि शक्तिले मेरा छोरीहरुलाई रोक्न सक्दैन र उनका उमेरका अरु केटीहरुलाई घरबाट निस्किन रोक्न सक्दैन, यस देशलाई शासन गर्न चाहने जो कोहिले पनि यस कुरालाई ध्यानमा राख्नुपर्छ ।” 

 (बीबीसीका लागि स्वमिनाथान नटराजनको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै