• २०८१ बैशाख ८ शनिबार

को हुन् रुसका नयाँ प्रधानमन्त्री मिखाइल ?

kharibot

काठमाडौँ । रुसमा मिखाइल मिशुस्तिन नयाँ प्रधानमन्त्री बनेसँगै विश्वभर एक किसिमको आश्चर्य प्रकट गरिएको छ ।

लामो समयदेखि प्रधानमन्त्री रहेका र राष्ट्रपति भ्लादमिर पुटिनका भरोसा योग्यव्यक्ति दिमित्री मेद्वेदेवको राजीनामा र मिखाइलको प्रधानमन्त्रीमा नियुक्तिले रसियन राजनीतिमा व्यापक परिवर्तनको संकेत गरेको छ ।

राष्ट्रपति पुटिनले याक्स्तो व्यक्तिलाई प्रधानमन्त्री बनाए जसको अनुमान कसैले पनि गरेका थिएनन् । रुसमा राष्ट्रपति शक्तिशाली हुने भएपनि प्रधानमन्त्रीलाई राष्ट्रपतिपछिको शक्तिशाली व्यक्तिको रुपमा रहन्छन् ।

पुटिनले आफ्ना विश्वासपात्र मेद्वेदेवलाई किन हटाए भन्नेमा अनेकौ अड्कल बाजी शुरु भएको छ । यसको पछाडी पछिल्लो समय रुसको आर्थिक समस्यासँग जोडिएर हेरिएको छ । प्रधानमन्त्रीका रुपमा मेद्वेदेवले रुसले अहिले सामना गरिरहेको आर्थिक समस्यासँग जुध्न नसकेका कारणले नै पुटिनले उनलाई हटाएको बुझिएको छ । कहि न कहि मेद्वेदेवलाईनै यसको सबै दोष लगाउन थालिएको छ ।

रुसका पुर्व प्रधानमन्त्री मेद्वेदेव राष्ट्रपति पुटिनका साथमा 


पुटिनले केहि समय अघि राष्ट्रका नाममा दिएको संदेशमा आफु अमेरिका र अन्य पश्चिमी देशलाई आफ्नो ताकत देखाउने भन्दा पनि रुसको सामाजिक कल्याणमा आफ्नो ध्यान केन्द्रित गर्न खोजेको बताएका थिए । यसै अनुरुप उनले व्यापक परिवर्तनको शुरुवात गरेको बुझिन्छ । तर धेरैले पुटिन २०२४ पछिको आफ्नो भविष्य सुनिस्चित गर्ने वातावारण बनिरहेको रुपमा अहिलेको परिवर्तनलाई बुझेका छन् । राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल २०२४ मा सकिदै छ र अहिलेकै व्यवस्थाले पुटिन फेरी राष्ट्रपति हुन सक्दैनन् ।

यसबीचमा अहिले नयाँ प्रधानमन्त्री बनेका मिखाइलका बारेमा चर्चा शुरु भएको छ । उनलाई अनुभवी, सक्षम र रुसी अर्थ्वाय्वास्था बुझेको नेताको रुपमा लिइएको छ । यसै कारण पनि उनले पुटिनको विस्वास जित्न सफल भएको बताइएको छ ।

५३ बर्षिय मिखाइल लो-प्रोफाइलमा रहेका रुसी नेता हुन् । आइतबार जब उनको नाम प्रधानमन्त्रीको रुपमा रुसको तल्लो सदनमा पुग्यो तब कुनै पनि सांसद उनको विरुद्ध गएनन् ।

रुसका प्रधानमन्त्री मिखाइल राष्ट्रपति पुटिनका साथमा 


सन् १९६६ मा मस्कोमा जन्मिएका मिखाइल एक प्रभावशाली टेक्नोक्रेट हुन् । सन् १९९८ पछि उनी रुसका कर बिभागका कैयौ महत्वपूर्ण पदमा रहेर काम गरेका छन् । सन् २०१० मा उनलाई रुसको केन्द्रीय कर सर्विसको प्रमुख बनाइएको थियो । रुसमा कर प्रणालीलाई राम्रो बनाउने अधिकारीको रुपमा उनको प्रशंसा गर्ने गरिन्छ ।

उनले अर्थशास्त्रमा पीएचडि गरेका छन् । रुसी समाचार संस्था तासका अनुसार मिखाइल ९० को दशकमा इन्टरनेशनल कम्प्युटर क्लब नामको एक कम्पनीमा आइटी एक्सपोर्टको रुपमा काम गरेका थिए । सो कम्पनीमा उनको काम पश्चिमी आइटी प्रविधि रुसमा ल्याउने रहेको थियो ।

मिखाइल आर्टिफिसियल इन्टेलिजेन्सर डिजिटल प्रविधिलाई बढावा दिनुपर्नेमा जोड दिन्छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार मिखाइल लामोसमयसम्म पुटिनसँग आइस हक्की खेल्ने गर्दथे । उनी रुसको आइस हक्की फेडेरेशनका वरिष्ठ सदस्य समेत हुन् भने उनले पुटिनको नाइट हकी लिग मा पनि खेल्ने गरेका छन् । साथै रुसमा उनको गीत लेखकको रुपमा समेत परिचय रहेको छ । रुसको बिजिनेस पत्रिका वेदोमोस्तीका अनुसार मिखाइलले रुका कैयौ चर्चित गायकका लागि गीत लेखेका छन् भने उनीले सौखको रुपमा म्युजिक कम्पोज समेत गर्दछन् । 

उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै उनी रुसी राजनीतिका अस्थायी चेहेरा हुन् या पुटिनका उत्तराधिकारी हुन भन्ने विषयमा बहस शुरु भएको छ । प्रधानमन्त्री बनेपछि मिखाइलले अहिलेको रुसको अर्थव्यवस्था र कैयौ सरकारी ढांचामा व्यापक परिवर्तन गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै