• २०८१ बैशाख १३ बिहीबार

शहिद स्मारक ए डिभिजन लिग आजदेखि, मछिन्द्र र ब्रिगेड ब्वायज खेल्दै 

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज(शुक्रबार)बाट सुरु हुँदैछ । दिउँसो तीन बजे सातदोबाटोस्थित खेल मैदानमा सुरु हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । 

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगमा  १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

लिग अवधिभर ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजनमा एउटा क्लब रेलिगेशनमा पर्नेछ ।

लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५/१५ हजार हात पार्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै