• २०८१ बैशाख ४ मंगलबार

न्युजील्याण्ड १६६ मा अलआउट, अस्ट्रेलिया बलियो अवस्थामा

kharibot

काठमाडौँ । अस्ट्रेलिया र न्युजील्याण्डबीचको टेस्ट खेल अहिले जारी रहेको छ । न्युजील्याण्डल;ए आफ्नो पहिलो इनिंगमा १६६ रन मात्र बनाएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २५० रनको अग्रता लिएको छ ।

न्युजील्याण्डका लागि रोज टेलरले सर्वाधिक ८० रन बनाए भने कप्तान केन विलियम्सनले ३४ रन बनाए । त्यस्तै कोलिन डि ग्राण्डहोमले २३ रन बनाए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । अस्ट्रेलियाका बलर मिचेल स्टार्कले सर्वाधिक ५ विकेट लिए भने पाट कमिन्सले ३ विकेट लिए । त्यस्तै नाथन लियोनले २ विकेट लिए भने जोस हजेलवुडले एक विकेट लिए ।

यस अघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै आफ्नो अफिलो इनिंगमा ४१६ रन बनाएको थियो ।अस्ट्रेलियाका लागि मार्नस लबुचागनेले शतकीय पारी खेलेका थिए ।

लाबुसचागनेले १४३ रन बनाएका थिए । उनले टेस्टमा बनाएको लगातार यो तेस्रो शतक हो । १२ टेस्ट खेलिरहेका लाबुसचागनेले यस अघि पाकिस्तानविरुद्ध लगातार दुई टेस्टमा शतक बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका लागि ट्राभिस हेडले ५६ रन बनाए भने डेविड वार्नर र स्टिभ स्मिथले ४३-४३ रन बनाएका थिए । त्यस्तै कप्तान टीम पानेले ३९, मिचेल स्टार्कले ३०, पाट कमिन्सले २० रन बनाएका थिए ।

न्युजील्याण्डका बलर टीम साउथी र लुकी फर्गुसनले ४-४ विकेट लिएका थिए भने कोलिन डि ग्राण्डहोम र जीत रावलले एक एक विकेट लिएका थिए ।

अब अस्ट्रेलियाले पहिलो इनिंगमा २५० रनको अग्रतासहित अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गर्दै छ । टेस्टको तेस्रो दिन आजको खेल अझै कम्तिमा ६१ ओभर बाँकी रहेको छ ।  
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै