• २०८१ बैशाख ७ शुक्रबार

सुन र हिराजडित आइफोन, होस उड्ने मुल्य !

kharibot

काठमाडौँ । एप्पलको आइफोन ११ प्रोको गोल्ड र डायमण्ड एडिशन लन्च गरिएको छ । यो फोन अहिलेसम्मकै सर्वाधिक महँगो फोन भएको मिडिया रिपोर्टमा बताइएको छ ।

रशियन साइट केभियर रोयल गिफ्ट वेभसाइटमा सार्वजनिक गरिएको यो विशेष एडिशनका फोनमा पछाडी तीन डायमण्ड र आठ साना डायमण्ड राखिएको छ ।

जसमा सुनले कोटिंग गरिएको बताइएको छ भने ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमता सम्मको उपलब्ध रहेको बताइएको छ । केवीयरले आफ्ना ग्राहकलाई नि:शुल्क डेलिभरी सेवा दिएको बताइएको छ ।

यी फोनको मुल्य महंगा बीएमडब्लु र औडी गाडीभन्दा बढी रहेको छ । 

केवीयरका अनुसार सुन र हीराजडित आइफोन ११ प्रो फोनको ६४ जीबीको मुल्य ७७ हजार ५ सय डलर (आजको विनियम दर अनुसार नेपाली ८७ लाख ५७ हजार ५ सय ) रहेको छ भने ५१२ जीबीको मुल्य ७८ हजार २१० डलर रहेको छ । 

त्यस्तै सुन र हीराजडित आइफोन ११ प्रो म्याक्सको मुल्य ६४ जीबीको ८७ हजार ७८० डलर (९९ लाख १९ हजार १४०) रहेको छ । त्यस्तै ५१२ जीविको मुल्य ८८ हजार ४९० डलर रहेको छ ।

एप्पलले आफ्नो आइफोनको ११ सिरिज गत सेप्टेम्बरमा लन्च गरेको थियो ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै