• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानको सडक दुर्घटनामा १३ को मृत्यु

kharibot

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। यसरी ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो।

सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन।

तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन।

प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै