• २०८१ बैशाख १३ बिहीबार

बजारको मध्य भागबाट राजमार्ग लैजानु हुन्न : मुख्यमन्त्री पौडेल

kharibot

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन्।

नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उहाँले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौँडाको विकास प्रक्रियासमेत रोकिने बताए।

ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उनको भनाइ थियो। 

मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरु भइसकेको बताए। कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उनले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो बाटो बनाइने र ३२ मिटरभित्र चार लेनको बाटो, पार्किङ र बगैँचासमेत निर्माण गरिने बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै