• २०८१ बैशाख ४ मंगलबार

बेलायतमा कन्जर्वेटिभ्स पार्टीलाई स्पष्ट बहुमत

kharibot

लन्डन । बेलायतमा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जर्वेटिभ्स पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

विहिबार ६५० स्थानका लागि भएको निर्वाचनमा कन्जर्वेटिभ्स पार्टीले अहिलेसम्म ३४९ स्थानमा जित हासिल गरेको हो । बहुमतका लागि ३२६ सिट आवश्यक पर्नेमा कन्जर्वेटिभले सो संख्या भन्दा बढी सिटमा जित हासिल गरेको छ ।

त्यस्तै यस निर्वाचनमा लेबर पार्टीले नराम्रो पराजय बेहोरेको छ । कन्जर्वेटिभ्स पार्टीले सन् १९८७ यता कै अहिलेसम्मको उत्कृष्ट नतिजा हासिल गरेको बताइएको छ । पछिल्लो पांच बर्षमा भएको तेस्रो आम निर्वाचनपछि अब बेलायतमा राजनीतिक स्थिरता आउने देखिएको छ ।

ब्रेक्जिटलाई मुख्य मुद्धा बनाएर चुनाव लडेका प्रधानमन्त्री जोनसनले यो परिणाम पछि अब सजिलै ब्रेक्जिट कार्यान्वयन गर्ने भएका छन् । यस अघि स्पष्ट बहुमत नहुदा सरकारले पटक पटक संसदमा पेश गरेको ब्रेक्जिटसम्बन्धि प्रस्ताव असफल हुदा यस अघिकी प्रधानमन्त्री थेरेसा मेले आफ्नो पदबाट राजीनामा नै दिनु परेको थियो ।

६५० सिट मध्ये ६२८ सिटको निर्वाचनको नतिजा आउदा कन्जर्वेटिभ्स पार्टीले ३४९ सिटमा जित हासिल गरेको छ भने लेबर पार्टीले २०२ सय सिट जितेको छ । त्यस्तै स्कटिस नेशनल पार्टीले ४६ सिट जितेको छ ।

लेबर पार्टीले अघिल्लो निर्वाचनमा भन्दा ५८ सिट कम जितेको छ भने कन्जर्वेजिभ पार्टीले ४६ सिट थपेर बहुमत प्राप्त गरेको छ ।

निर्वाचनको यो नतिजापछि अब बेलायतमा अब ब्रेक्जिट लागु हुने निश्चित भएको छ । लेबर पार्टीका नेता जेरेमी कार्बिनले भने निर्वाचन परिणामबाट आफु निराश भएको भन्दै अब अर्को निर्वाचनमा आफुले पार्टीको नेतृत्व नगर्ने बताएका छन् ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै