• २०८१ बैशाख १२ बुधबार

पर्साको जगरनाथपुरबाट ११ किलो लागु औषध चरेस बरामद

kharibot

वीरगंज । सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेस क्याम्प भिखमपुरको मोबाईल गस्ती टोलीले बिहीवार एघार किलो लागु औषध चरेस बरामद गरेको छ । टोलीले पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं १ पिडारीगुठी स्थीत ओरिया खोला हुँदै तस्करी गरी लैजाँदै गरिएको अवस्थामा चरेस बरामद भएको हो ।

नेपालबाट बि.आर.२२.जेड.३१२५ नम्बरको पैशन प्रो मोटरसाईलमा भारत तर्फ लैजाँदै गरेको अवस्थामा सवारी चालकको नाम नखुलेको व्यक्तीले सो मोटरसाईकलाई छोडेर फरार भएको र सो परिमाणको लागु औषध बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक निरञ्जन नायजुले जानकारी दिए ।

बरामद चरेसलाई अवश्यक कार्यवाहिका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको बताईएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै