• २०८१ बैशाख ७ शुक्रबार

तनहुँमा माटोको ढिस्कोले पुरिएर मृत्यु

kharibot

दमौली । माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य तीनजना भाग्न सफल भए पनि परियारको भने ढिस्कोले पुरिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै