• २०८१ बैशाख १३ बिहीबार

दोस्रो अन्तराष्ट्रिय विमानस्थलको चर्चा बढी, प्रगति शुन्य

kharibot

फाइल तस्बीर

बारा । सरकारले अन्तराष्ट्रिय मापदण्डको विमानस्थलको खाँचो महसुस गरेर अढाई दशक अघि सुरु गरेको बाराको निजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थलको चर्चा बढी, तर प्रगति शुन्य देखिएको छ । बिमानस्थल निर्माणमा रुख कटान गर्ने विषयमा पटक–पटक बढि बिवाद र चर्को बहस थालिए पछि बिमानस्थल निर्माणको मुख्य कामले प्रवेशै नपाउँदा प्रगति शुन्य देखिएको हो ।

नेपाल भरका ८ स्थान मध्ये सबै भन्दा उपयुक्त क्षेत्रको रुपमा पहिचान गरि २०५१ देखि सुरु गरिएको बिमानस्थल निर्माणमा पुर्वाधारका कामहरु चार किल्ला छुट्याउने, पसाहा खोलामा तटबन्द गर्ने कामको थालनी र केही जग्गाको मऔजा बितरण गर्ने बाहेक बास्तबिक फिल्डमा आयोजनाको काम सुरु भएको देखिदैन ।

विमानस्थलको निर्माण सुरु गर्न पहिलो बाधकका रुपमा रहेको टागियाबस्तीका १४ सय ७६ घरधुरीलाई अन्यत्र सार्न बारा कै कोहल्बी नगरपालीका र जीतपुरसिमरा उपमहानगरपालीकाको तीन बैकल्पिक बुटयान र झाडी रहेको स्थानको चयन गरी स्थानीय सरकारले पत्राचार गरी मन्त्रालयमा पुगी सकेको अवस्था हो । पर्यटन मन्त्रालयमा पुगेको उक्त पत्रको कार्यान्वयन नभए पछि बस्ती अस्थान्तरणको कामले समेत गति लिन सकेको छैन ।

पछिल्लो समय बतावरण बिनाश गरेर बिमानस्थल बनाउन नहुने भनी दायर भएको  रिटमा सर्वोच्व अदालतले प्रारम्भिक सुनवाई गर्दै तत्काल काम अगाडी नवढाउन आदेश दिए पछि बारामा सरोकारवाला समितिहरु र सर्वसाधारणमा एक खालको तरंग पैदा भएको छ ।

सरोकारवाला समितिले छुट्टा छुट्टै पत्रकार सम्मेलन राखी यो बिमानस्थल देश कै बिकासको मेरुदण्ड भएको, राष्ट्रसँगको परनिर्भरताको अन्त्य गर्न सकिने, रोजगारीका अवसर जुट्ने, समृद्ध नेपाल र सुखि नेपाली भन्ने सरकारको नारालाई सह्योग पुग्ने जस्ता विषय राखी प्रेश बिज्ञप्ति जारी गरेका छन् ।

साथै यो आयोजना कुनै पनि हालतमा रोकिनु हुँदैन र अबिलम्व बन्नु पर्छ भन्दै सर्वोच्व अदालतले यो बिषयलाई राष्ट्रको उन्नतिसँग दाजेर हेरोस् । बिमानस्थलको काम रोकिए देशमा यो र यस किसिमको बिमानस्थल बन्न नसक्ने सत्यलाई दृष्टिगत गर्दै अन्तरकालिन आदेशको गाँठो फुकाएर अविलम्व राष्ट्रको पक्षमा निर्णय गर्न समेत बिज्ञप्तीमा अनुरोध गरिएको छ ।

बिमानस्थलसँग सम्बन्धित संक्षिप्त तथा सांकेतिक विषय तर्फ संवन्धित सबैको ध्यानाकर्षण हुन जरुरी छ, उल्लेख गरिएको छ ।

पटक पटक अनुगमनमा आईपुगेका राष्ट्रिय स्तरका नेता र सरकारका मन्त्रीहरुले समेत जनताका बिच दिएका बक्तव्यले उत्साहीत स्थानीयमा पछिल्लो समय सर्वोच्वको आदेशले उनीहरुमा निराशा उत्पन्न हुनुका साथै बिमानस्थल बन्ने नवन्नेमा दुबिधा खडा गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै