• २०८१ बैशाख १३ बिहीबार

दुर्घटनामा आमाको मृत्युपछि छोरा छोरी टुहुरा !

kharibot

तस्बीर : दीपकलाल श्रेष्ठ 

बर्दिया(गुलरिया) । मंसिर १६ गते टिपरको ठक्करबाट घाईते भएकी महिलाको उपचारका क्रममा हिजो बुधबार मृत्यु भएको छ । बारबर्दिया नगरपालिका बडा नं ३ बेलुवाबजा झण्डिपुरबाट माईत गुलरिया नगरपालिका बडा नं १ को १६ नं गाँउको मिलननगर जादै गर्दा टिपरको ठक्करबाट धनमाया चौधरी सख्त घाईते भएकी थिइन् र बुधबार उपचारका मृत्यु भयो । मृत्यु पछि चौधरीका ११ बर्षिया बर्षा चौधरी छोरि र ८ बर्षका करण चौधरी टुहुरा भएका छन् । 

५ बर्ष अघि रुखमा घास काट्ने क्रममा रुखबाट लडेर बुबा श्रीराम थारु गुमाएका धनमाया र करणले हिजो एक मात्र अभिभावक आमा पनि गुमाए पछि टुहुरा भएका छन् । 

दैनिक ज्यालादारी गरेर छोरा छोरी पढाइरहेकि आमाको मृत्यु छोराछोरिको भविष्य अन्धकार भएको नेपाली कांग्रेसका युवा नेता शम्भु रिजालले बताए । आमाको मृत्यु पछि टुहुरा भएका छोरा छोरीको लागि शिक्षा सहितको उज्ज्वल भविष्य लागि   नेपाल सरकारले सहकार्य गर्नुपर्ने रिजालले बताए । 

दुर्घटनामा मृत्यु पछि टिपरका चालक गणपति कन्सट्रक्सनका प्रतिनिधि र मृतकका परिवार संग विभिन्न बिषयमा सहमति नहुँदा आजसम्म पनि शव परिवारले बुझ्न सकेका छैनन् । घटनाको बिषयमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले समेत पिडितको पक्षमा नदेखिए पछि बुधबार गाँउका स्थानीयले सडक जाम गरेका थिए । 

सडक जामपछि बुधबार साँझ गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले गाँउलेहरु माझ पिडितका लागि पहल गर्ने आश्वासन दिए पछि सडक जाम खुलेको थियो । 

आमाको मृत्यु पछि टुहुरा भएका छोरा छोरीको उच्च शिक्षा सहित पालनपोषणको ग्यारेण्टी सम्बन्धित निकायले गर्नु पर्ने बर्षा र करणकी ठुली आमा सिता चौधरीले बताइन् । दुर्घटनामा मृत्यु भएकी चौधरीका छोरा छोरीको सम्पुर्ण अध्ययन देखि लालनपालनको ब्यवस्थापन पिडित पक्षले गर्नुपर्ने स्थानीय युवा नेता नैन सुनारले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै