• २०८१ बैशाख १४ शुक्रबार

नागरिकता विधेयक पासपछि भारतका पूर्वी राज्य अशान्त

kharibot

नयाँ दिल्ली । भारतमा नागरिकता विधेयक राज्य सभाबाट बुधबार पारित भएसँगै विरोध प्रदर्शन शुरु भएको छ ।

नयाँ विधेयकले असमका स्थानीयहरुलाई विस्थापित गर्न सक्ने भन्दै असम, त्रिपुरा क्षेत्रमा प्रदर्शन बढेको हो । उनीहरुले बंगलादेशबाट आएका हिन्दुहरुले नागरिकता पाउने र उनीहरुको बाहुल्यता बढेसँगै आफ्नो अस्तित्व नै संकटमा पर्ने आकलन गर्दै विरोधमा उत्रिएका हुन् । नयाँ विधेयकमा नागरिकता पाउने समय सिमा २०१४ साललाई तय गरेकोले अत्यधिक शरणार्थीले नागरिकता पाउने भन्दै असमका स्थानीयहरु प्रदर्शनमा उत्रिएको बताइएको छ । 

खासगरी पूर्वी राज्य असम र त्रिपुरा क्षेत्रमा विरोध प्रदर्शन शुरु भएपछि स्थिति असहज बन्दै गएको छ । सरकारले असम र त्रिपुरामा इन्टरनेट सेवा बन्द गरिएको छ भने आवागमन समेत बन्द भएको छ । समाचार एजेन्सी एएनआइका अनुसार विमानहरु रद्ध भएका छन् भने रेल सेवासमेत अवरुद्ध भएको छ ।

आक्रोसित भिडले असमका मुख्यमन्त्रीको आवासमा ढुंगामुढा गरेको बताइएको छ । साथै गुहाटीमा कर्फ्यु लगाइएको भएपनि मानिसहरु कर्फ्यु उलंघन गरेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले असमिसहरुको भावना अनुसार राजनीतिक, भाषाई, सांस्कृतिक र भूमी अधिकारलाई संबैधानिक तरिकाले संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

कर्फ्युका कारण गुहाटीमा जारी रणजी ट्रफीका खेलसमेत रद्ध भएका छन् ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै