• २०८१ बैशाख ६ बिहीबार

डिभिजन सडक प्युठानका प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ गरेको छ । 

अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले सडक निर्माणमा भइरहेको काम सम्बन्धि घुस वापत लिएको रकम २० लाखसहित काठमाडौंको रोयल अलिना बेकरी क्याफेबाट मंगलबार पक्राउ गरेको जानकारी दिएको छ । 

अख्तियारले अहिले दुवै जना नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै