• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्रीले सागमा पदक विजेता खेलाडीसँग भेट्दै, विशेष प्याकेज घोषणा हुने 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडी आज भेट्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार दिउँसो सवाँ २ बजे भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले सागमा पदक विजेता खेलाडीलाई आजै विशेष प्याकेजको घोषणा गर्ने समेत अपेक्षा गरिएको छ । यस सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ काश्य पदक जितेर कुल २०६ पदक जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै