• २०८१ बैशाख १३ बिहीबार

लिभरपुल र नापोली च्याम्पियन्स लिगको अन्तिम १६ मा

kharibot

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले स्लाजबर्गलाई २-० गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलको जितमा नाबी केइटा र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

योसँगै लिभरपुल ६ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

त्यस्तै समुह इ बाट नापोलीले जेन्कलाई ४-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । नापोली समुह इ मा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेर च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

यस समुहबाट ६ खेलमा ७ अंकसहित तेस्रो हुदै स्लजबर्ग बाहिरिएको छ भने जेन्क ६ खेलमा केवल एक अंक हासिल गर्दै बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै