• २०८१ बैशाख ८ शनिबार

भलेन्सिया र चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा, अयाक्स बाहिरियो  

kharibot

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत गत बर्ष सेमिफाइनल सम्म पुगेर चर्चा कमाएको नेदरल्याण्डसको क्लब अयाक्स यस बर्ष भने समुह चरणबाटै बाहिरिएको छ ।

गएराती सम्पन्न खेलमा अयाक्स स्पेनिस क्लब भलेन्सियासँग १-० ले पराजित हुदै समुह चरणबाटै बाहिरिएको हो ।

समुह एचबाट प्रिमियर लिग क्लब चेल्सीले फेन्च क्लब लिल्लेमाथि २-१ को जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस समुहबाट भलेन्सिया ६ खेलमा ११ अंकसहित शिर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ भने चेल्सी पनि ११ अंक सहित नै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।

अयाक्सको भने ६ खेलमा १० अंक रहेको छ र यस सिजनको च्याम्पियन्स लिगमा उसको यात्रा समाप्त भएको छ । लिलेको भने ६ खेलमा केवल एक अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै