काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी छन् ।
मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।